बिराटनगर / ८४ बर्षको बृद्धा अवस्था, त्यसमाथि एक बर्ष अघिदेखि बिरामीको पीडा। घरमा कोहि छैनन् र भएका आफन्तले पनि साथ नदिदा बेलवारी–४ काकुमकी बृद्धा कलमाया खड्काका लागि जिन्दगी ‘घाँडो’ भईसकेको थियो। जिन्दगीदेखि हरेस खाईसकेकी बेसहारा खड्काका लागि नोबेल शिक्षण अस्पताल सञ्चालक डा.सुनिल शर्मा सहारा बन्नुभएको छ। Birami Photo2

बृद्धा अवस्थामा रोगले थलिदा पनि उपचार गर्ने पैसा नभएर तड्पिरहेको खवर पाएपछि डा.शर्माले उहाँको उद्धार गर्नुभएको छ। बृद्धाको उपचारका लागि डा.शर्माले घरमै डाक्टरको टोली पठाउनुभयो। गंभीर बिरामी पर्नुभएको उहाँलाई घरमा प्राथमिक उपचार गरी थप उपचारका लागि नोबेल अस्पताल ल्याएर डा.शर्माले निःशुल्क उपचार गराउनुभएको हो। उहाँलाई एक बर्ष अघिदेखि खोकी लागिरहने, शरिर सुनिने र श्वास फेर्न गाह्रो हुने समस्या थियो। Upachar Photo2

नोबेल अस्पतालमा निःशुल्क औषधि उपचारका साथै खाना, खाजासहित आवश्यक सम्पूर्ण बन्दोबस्ती मिलाएर उहाँको उपचार गरिएको हो। उपचारपछि उहाँको स्वास्थ्यमा सुधार आएको छ। बिरामी हुँदा पनि सहारा दिने कोहि नभएर मृत्युको मुखमा पुगिसकेका बेला डा.शर्माले उपचार गराउनुभएर ठुलो गुन लगाएको भन्दै उहाँ अहिले दंग हुनुहुन्छ। ‘अव मेरा दिन यत्ति मात्रै रछन भन्ने लागेको थियो। सुनिल शर्मा जस्तो धर्मात्मीले उपकार गर्दिनाले मर्न लागेकी म बुढीले पुर्नजन्म पाए।’ उहाँले भन्नुभयो। Ghar-Photo

निसन्तान कलमाँयाको साथमा अहिले कोहि छैनन्। २६ बर्ष अघिनै श्रीमानको निधन भयो। अरु कोहि आफन्त पनि साथमा नहुँदा उनी बेसहारा हुनुहुन्छ। ८४ बर्ष पार गरिसक्नुभएको उहाँ छियाछिया भईसकेको झुपडीमा बस्नुहुन्छ। केहि काम गर्न सक्नुहुनन्। बृद्धभत्ताबाट आएको रकमले जेनतेन जाउलो खाएर जिविका चलाउँनुहुन्छ तर, बिरामी भएर उठ्नै नसकेका वेला उपचार गर्ने पैसा त कता हो कता तातोपानी तताएर दिने मान्छेसमेत नहुँदा उहाँको बिजोग भएको थियो।

स्थानीय महेन्द्र सुवेदी, राजेन्द्र अधिकारी, चन्द्र लिम्बु लगायतले डा.शर्मालाई उहाँको दयनीय अवस्था बताएर उद्धारमा सहयोग गर्नुभएको थियो। करिव दुई हप्ताको उपचार पश्चात निको भएर उहाँ अहिले घर फर्किनुभएको छ। समाजसेवामा सक्रिय डा. शर्माले उहाँ जस्ता धेरै गरिव, बिपन्न तथा असहाय बिरामीलाई निःशुल्क उपचार गरेर ज्यान बचाउनुभएको छ।

८४ बर्षीया बेसहारा बृद्धा भन्नुहुन्छ ‘सुनिल शर्माका कारण पुर्नजन्म पाए’

हेर्नुहोस भिडियो :