इटहरी/ अहिले इटहरी उद्योग बाणिज्य संघ इटहरीको चुनावी सरगर्मी बढेको छ। असार १४ गते हुने निर्बाचनका लागि दुईटा पक्ष नेपाली कांग्रेसका तर्फबाट भिम पौडेलको समुह र नेकपाका तर्फबाट शैलेश कुमार बिष्ट समुहको प्यानल चुनावी अभियानमा होमिएका छन्। हाल दुवै समुह ब्यबसायीको घरदैलोमा पुगेर भोट माग्ने क्रम चलिरहेको छ। यसै सन्दर्भमा शैलेश बिष्ट समुहबाट बाणिज्य तर्फका सदस्य पदका उम्मेद्वार रितेस श्रेष्ठसँग उनको पृष्ठभुमी, ब्यबसायिक यात्रा र भाबी योजनामा केन्द्रीत रहेर पूर्वी खबरका लागि मनोज निरौलाले कुराकानी गरेका छन्। हेर्नुहोस कुराकानीको सम्पादित अंश

अहिले खासगरी के मा ब्यस्त हुनुहुन्छ ?
अहिले ब्यबसायीहरुको हकहितको लागि बाणिज्य तर्फको सदस्य पदको उम्मेद्वार भएको छु। अहिले ब्यबसायीहरुको घरदैलोमा गएर मत मागिरहेका छौँ। हामी अहिले प्रत्येक पसल, उद्योग तथा अन्य सबै ब्यबसायीहरु सँग प्रत्यक्ष भेटेर आफ्नो एजेण्डा तथा प्रतिबद्दता राख्दै इटहरी आसपासका क्षेत्र पकली, हाँसपोसा, तरहरा, खनारलगायत क्षेत्रमा पुगेर मत माग्ने कार्यमा ब्यस्त छौ।

तपाईं बाणिज्य तर्फको सदस्य पदको उमेद्वार हुनुहुन्छ, खासगरी तपाँइको उम्मेद्वारी किन ?
ब्यबसायिक क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभब भएकोले, धेरै उद्योगी ब्यबसायीहरुसँग नजिकको सम्बन्ध रहेकाले र ब्यबसायीको हकहितको लागि उबासंघको सदस्य नहुँदा पनि मैले ब्यबसायीहरुलाई भईपरी आउने समस्यामा साथ दिएको छु। यो कुरा धेरै ब्यबसायी साथिहरुले पनि बुझ्नुभएको छ। एउटा युबा ब्यवसायी भएको हिसाबले ब्यवसायीको समस्या राम्ररी बुझेर हल हुन्छ भन्ने कुरामा ब्यबसायीहरु पनि ढुक्क हुनुहुन्छ। जितेपछी झन् अधिकारसहित काम गर्न उत्साह थपिन्छ। इटहरी उबासंघलाई सबैले गौरब गर्ने उबासंघको रुपमा बिकास गर्न सहयोगी भुमिका खेल्नका लागि उबासंघमा मेरो उम्मेद्वारी हो।

तपाइ ब्यबसायिक रुपमा निकै अगाडि देखि हुनुहुन्छ, तपाईं ब्यबसायमा कसरी आबद्द हुनुभयो र ब्यबसायीक आबद्दता कहिले देखिको हो पृष्ठभुमि बताईदिनुस न।

२०३२ सालमा इटहरीमा मेरो जन्म भएको हो। त्यती बेला अहिले संगीत चौक भनिन्छ त्यहाँ हाम्रो एउटा काठको घर थियो। त्यही घरमा मेरो जन्म पनि भएको हो। मेरो बाबाले त्यतिबेला त्यही चौकमा घडी रेडियो बनाउने पसल सञ्चालन गर्नुभएको थियो। जुन त्यतिबेला त्यहाँ कञ्चनजंगा होटल भन्ने थियो(अहिले छैन) त्यसैको छेउमा एउटा घुम्तिमा हाम्रो पसल थियो। त्यतिबेला बाबाको पसलमा म दिनभरी स्कुल गएर पढेर बचेको समय बाबालाई सघाउथे। त्यसै क्रममा मैले पनि घडी बनाउन सिकेँ र बाबाले नभ्याएको समय म आफै हेर्थेँ र बिस्तारै मैले आफै त्यसलाई सञ्चालन गरेर मैले मेरो पहिलो ब्यबसाय शुरु गरे। जुन मैले २०५१ सालबाट आफैले कोशी घडी रेडियो सर्भिस नामाकरण गरेर सञ्चालन गरेको थिए। त्यतिबेला घडिको फेसन भर्खर सुरु भएकोले निकै महत्व रहन्थ्यो सबैका लागि। ritesh three

मैले त्यसपछी सँगै त्यतिखेर भर्खर प्रचलनमा आएको भिडियो क्यामेरा आयो र मैले त्यतिबेला बिहेमा भिडियोहरु खिच्न थाले। त्यतिबेला इटहरीमा कमै भिडियो सेन्टर थिए। जसकारण काम पनि राम्रै हुन्थ्यो र पैसा पनि राम्रो कमाई हुन्थ्यो। मैले त्यति बेला सञ्चालन गरेको भिडियो सेन्टर आर.एन अडियो भिडियो सेन्टर हो। त्यतिबेला मैले बिबाह, ब्रतबन्ध, पुजा, पार्टी, पुराणहरु आदिमा आँफैले भिडियो खिचेको छु। मैले इटहरीका निकै पुराना सिनियर ब्यबसायीहरुको पनि बिहेको भिडियो खिचेको याद आउँछ मलाई। त्यतिबेला अडियो भिडियोबाट राम्रै पैसा कमाई भयो र मैले बिस्तारै होटल ब्यबसायमा हात हाले। इटहरीमा सञ्चालनमा रहेका पुराना होटल भित्र मैले त्यतिबेला सञ्चालन गरेको ‘आर होटेल इटहरी’ पनि पर्दछ। म ब्यबसायमा पुर्णरुपमा आबद्द भएको भनेको २०५१देखि हो। ritesh

इटहरीका पुराना ब्यबसायीको पनि बिहेको भिडियो खिचेको छु भन्नुभयो । याद छ भने बताइदिनुहोस न ।

त्यति सारो सबैको त याद छैन तर पनि केही हृदयमा बसेका अहिलेको सिनियर ब्यबसायीहरु हुनुहुन्छ। अहिलेको जे.बि.एस इण्डस्ट्रिजको अनन्त बिष्ट दाई हुनुहुन्छ। उहाँको बिवाहको भिडियो मैले आफैले नै खिचेको हुँ। अनि अधिकारी मेडिकलको सन्तोश अधिकारी जि को बिवाहको भिडियो मैले आफैले खिचेको हुँ त्यो पनि सम्झनामा छ।

जित्ने माहौल कत्तिको छ ? ब्यबसायीले जिताउँछन भन्नेमा कत्तिको बिश्वस्त हुनुहुन्छ ?
ब्यबसायी साथिहरुले जिताउनुहुन्छ भन्नेमा निकै नै ढुक्क छु। धेरै ब्यबसायीलाई मैले नजिकबाट चिनेको छु। म धेरै सामाजिक संस्थाहरुमा पनि संलग्न भएर काम गरेकाले साथिहरुले मलाई राम्रोसँग चिन्नुहुन्छ। कसैसँग देखावटी राम्रो भन्दा नि कसैसँग आजसम्म नराम्रो सम्बन्ध राखेको छैन। त्यसैले पनि ब्यबसायीहरुले अहिले पनि बोलाएर अग्रिम सुभकामना भन्नुहुन्छ र मार्गनिर्देशन गर्नुहुन्छ। कति साथीहरु त आफ्नो ठाउँबाट मलाई जिताउन अभियान नै चलाई राख्नुभएको छ। ब्यबसायीहरुले मेरो बानी व्यवहार र मलाई नजिकबाट चिन्नुभएको छ र मैले जिते ब्यबसायीहरुको हकहितको लागि सदैब लागि पर्नेछु भन्ने सबैले बुझ्नुभएको छ। त्यसकारण पनि जित्छु भन्नेमा ढुक्क छु। ritesh two

तपाईं समाजसेवा र ब्यबसाय दुवैमा हुनुहुन्छ, समयलाई कसरी ब्यबस्थापन गर्नुहुन्छ ?
म मा पहिला देखि नै चञ्चले स्वभाव भएकाले सामाजिक गतिबिधी र कार्यक्रममा बढी रुचि राख्छु। म रेडक्रसको सदस्य पनि हुँ। होटल ब्यबसायीसंघको उपाध्यक्ष भएर पनि काम गरेको छु। होटल ब्यबसायीसंघको केन्द्रीय सदस्य पनि भएँ। मेरो खास रुचि चाहीँ खेलकुद क्षेत्र हो। म अखिल नेपाल खेलकुद महासंघको पनि अध्यक्ष भएर काम गरिसकेको छु। इटहरी रंगशाला बनाउने बिषयमा र रंगशालाको जग्गा प्राप्तीको बिषयमा इटहरीबासी देखि लिएर बिभिन्न संघसंस्थाहरु मिलेर एउटा आन्दोलन नै गरिएको थियो। त्यस्मा मैले गरेको योगदान पनि धेरैले बुझ्नुभएको छ। ritesh one

मैले पुर्बाञ्चल क्षेत्रीय खेलकुद बिकास समितीको संयोगले सदस्य हुने मौका पनि पाएको थिएँ। त्यहा रहेर पनि धेरै खेलकुद बिकासको लागि काम गर्ने मौका बनेको थियो। पछि म रंगसाला निर्माण समितिको अध्यक्ष पनि भएँ। रंगशाला निर्माणमा मैले राम्रै भुमिका पनि खेलेको थिएँ। मेरो ब्यबसाय चाहीँ मेरो परिवारका सदस्य र अन्य सहयोगी कर्मचारीहरुले सम्हाल्ने र बाँकी काम मेरो फोनबाट नै हुने भएकोले समय ब्यबस्थापन गर्न खासै कठिनाई छैन।