पाँचथर / हिलिहाङ गाउँपालिका–६ मा मंगलबार साँझ घाँटी रेटी हत्या गरिएकी २० वर्षीया सुजाता तामाङको साथमा रहेको पैसा पनि लुटिएको प्रहरीले जनाएको छ। सुजाताको साथमा रहेको ७८ हजार ५ सय रुपैयाँ हत्यामा संलग्नहरुले लुटेर लगेको प्रहरीले बताएको छ।

सुजाताको हत्या लुटपाटकै लागि गरिएको हो या अन्य कारणले हो भन्ने बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिलकुमार पौडेलले बताउनुभयो। हत्या गरिएकी तामाङ हिलिहाङ गाउपालिका–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्समा काम गर्थिन्।

मंगलबार गाउँका दुई ठाउँका बैठकमा सहभागी भएर फर्कने क्रममा हिलिहाङ गाउँपालिका–६, चित्ते भन्ने ठाँउको जङगलको गोरेटो बाटोमा उनको हत्या भएको थियो।

इलामको माइजोगमाई गाउँपालिका–५ घर भएकी तामाङको शव अहिले जिल्ला अस्पताल फिदिममा राखिएको छ। उनका आफन्त आएपछि शवलाई पोस्टमर्टम गरिने प्रहरीले बताएको छ। हत्याराको खोजी भैरहेको प्रहरीले जनाएको उज्यालोमा समाचार छ।