पाँचथर / हिलिहाङ गाँउपालिका–६, साविक भारपा– १ मा युवतीको हत्या गरिएको अवस्थामा शव फेला परेको छ।

हिलिहाङ–३, गोपेटारमा रहेको एनएमबी माइक्रोफाइनान्सको शाखामा कार्यरत इलाम घर भएकी २० वर्षीया सुजाता तामाङको शव मंगलबार साँझ ६ बजे अवस्थामा सिते भन्ने ठाउँको जङगलको गोरेटो बाटोमा तामाङको शव फेला परेको हिलिहाङ गाँउपालिका–६, का वडाध्यक्ष कृष्ण यवाले बताउनुभयो।

वडाध्यक्ष यवाका अनुसार युवतीको घाँटी रेटी हत्या गरेको अवस्थामा शव फेला परेको हो। घटनास्थलमा अहिले जोरपोखरी प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोली पुगेर अनुसन्धान गरिरहेको छ।