वैज्ञानिकहरुका अनुसार कुकुरले मलेरिया संक्रमित व्यक्तिको कपडा सुँघेर मलेरिया पत्ता लगाउनलाई ट्रेनिङ गरिरहेका छन्।

ब्रिटेनको डरहम युनिभर्सिटीमा केही कुकुरलाई मलेरिया डिटेक्ट गर्ने ट्रेनिङ दिइएको छ। जनावारको सहयोगबाट मलेरियाको बिरामीको उपचार गर्ने र मलेरिया नियन्त्रण गर्न सकिने विश्वास अनुसन्धानकर्ताहरुसँग रहेको छ।

यो अनुसन्धान अहिले सुरुवातीको चरणमा रहेको छ। मलेरिया भएको व्यक्तिको शरिरको गन्ध केही फरक हुन्छ, जसलाई कुकुरको माध्यमबाट पत्ता लगाउन सकिने अध्ययनले बताउँछ।

पश्चिमी अफ्रिकी देश गाम्बियाको एक इलाकामा बालबालिकालाई रातभर मोजा लगाएर राखिएको थियो। सो मोजा ब्रिटेनको मिल्टन किन्ज सहरको मेडिकल डिटेक्शन डग्स च्यारिटीमा परिक्षण गर्दा १ सय ७५ मध्ये ३० बच्चाको मोजामा परजीविको संक्रमण भेटिएको थियो।

कुकुरले यो भन्दा पहिला नै पार्किन्सस र क्यान्सर रोगको बिरामी पत्ता लगाउन प्रशिक्षित गरिसकेको छ।

अमेरिकी सोसाइटी अफ ट्रपिकल मेडिसिन एन्ड हाइजिनको वार्षिक सम्मेलनमा कुकुरले मलेरियाको पनि पहिचान गर्न सक्ने नतिजा प्रस्तुत गरिएको थियो। जसमा १० जनामा ७ संक्रमित मलेरियाका भएको पत्ता लागेको थियो।

१० स्वस्थ बच्चामा एकलाई मलेरियाको संक्रमण हुन सक्ने अनुमान यो परिणामले गलत साबित गरेको छ।

यो अनुसन्धानको नेतृत्व गर्ने डरहम विश्वविद्यालयका प्रोफेसर स्टिभ लिन्ड्सले बताउनुभएअनुसार नियमित रुपमा परिक्षण गर्नका लागि कुकुरहरु अझै पूर्णरुपमा तयार भइसकेका छैनन्।

अनुसन्धानकर्ताले कुकुरलाई प्रशिक्षित गर्न र मोजाको ठाउँमा मानिसलाई परिक्षण गर्न आवश्यक छ। लन्डन स्कुल अफ हाइजिन र ट्रपिकल मेडिसिन डाक्टर सेल्सी स्क्वायर्सले कुकुरसँग सुँघ्न सक्ने क्षमता प्राकृतिक भएका कारण कुकुरले डायग्नोष्टिक टेस्टले भन्दा पनि बढी काम गर्न सक्ने बताउँहुन्छ। सो टेस्टले करीब २० मिनेट समय लगाएर काम गर्छ र टेस्ट गर्न प्रशिक्षित वा अनुभवी मानिस र नयाँ नयाँ उपकरणको आवश्यकता पर्छ।

एजेन्सी