बिराटनगर / प्रदेश नं १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले छुवाछुत मुक्त प्रदेश कार्यान्वयनका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउनुभएको छ। छुवाछुत मुक्त प्रदेश अभियान अन्र्तगत शुक्रबार जिल्ला समन्वय समिति सुनसरीले इनरुवामा गरेको कार्यक्रममा मन्त्रि घिमिरेले छुवाछुत अन्त्यका लागि सबै जागरुक हुनुपर्ने बताउनुभएको होे।

1 1 छुवाछुत दलित समुदायकोमात्र समस्या नभएर सबैको समस्या भएकाले यसको अन्त्यका लागि सबै जाति र समुदाय लाग्नुपर्ने उँहाको भनाइ थियो। मन्त्रि घिमिरेले छुवाछुतको अन्त्यका लागि कानुन र सजाय नभएर मनमस्तिष्कबाट छुवाछुतको भावना हटनुपर्ने बताउनुभयो। दण्ड सजायले भन्दा चेतनाले छुवाछुतको अन्त्य गर्ने बताउँदै उहाँले प्रदेश सरकारले प्रदेश १ का १४ ओटै जिल्लामा जागरणको अभियान थालेको बताउनुभयो।

सामाजिक विकास मन्त्रालयले दलित तथा पछाडी परिएको समुदायमा मानिसको विकासका लागि बालबालिकालाई छात्रवृत्रि, युवालाई रोजगारी र परम्परागत पेशाको संरक्षर र व्यवसायीकरणका लागि आगमी बजेटमा कार्यक्रमहरु ल्याउन लागिएको उहाँले बताउनुभयो।

2 1 छुवाछुत मुक्त राष्ट्र घोषणा भएको करिव डेढ दशक भएको र दण्ड सजायका लागि कानुन बनेको दशक बितिसक्दा पनि छुवाछुत कायमै रहेको भन्दै मन्त्रि घिमिरेले छुवाछुत अन्त्यका लागि सबैको सहभागीतामा अभियान चल्नुपर्ने बताउनुभयो।

कार्यक्रमका विभिन्नदलित अभियानकर्मी विभिन्न राजनीतिक दलका नेता, नगरपालिकाका प्रमुख लगायतले छुवाछुत अन्त्यका लागि जनजागरण आवश्यक भएको बताएका छन्।