कपिलवस्तु / कपिलवस्तुमा घरमा कोही नभएको अवस्थामा एक युवकले महिलालाई बलात्कार गरेका छन्। शिवराज नगरपालिकामा २३ वर्षीया महिलामाथि बलात्कार भएको हो।

बलात्कार आरोपमा सोही नगरपालिका–८ बिस्नपुरका २२ वर्षीय डाक्टर यादवलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ।

घरका पुरूष सदस्य बाहिर गएको अवस्थामा महिलालाई बलात्कार गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसनधान गरिरहेको छ।