लमजुङ/ लमजुङका कृषकहरुले यस वर्ष अलैंचीका दान बिक्री गरेर ५ करोडभन्दा बढी आम्दानी गरेका छन् ।

गत वर्ष लमजुङका किसानले अलैंचीका दानाबाट ४ करोड ४८ लाख रुपैयाँ आम्दानी गरेका थिए । यस वर्ष ७७ लाख बढी ५ लाख २५ हजार रुपैयाँ आम्दानी भएको छ ।

गत वर्ष ६ सय क्विन्टल अलैंची आम्दानी भएकोमा यस वर्ष ७ सय ५० क्विन्टल अलैंची उत्पादन भएको अलैंची व्यवसायी महासंघ लमजुङले जनाएको छ ।

गत वर्ष प्रतिकिलो ६०० देखि ८०० रुपैयाँसम्म बिक्री अलैंची यस वर्ष भने प्रतिकिलो रु ६०० देखि ७५० सम्ममा बिक्री भएको महासंघ जिल्ला शाखाले जनाएको छ ।

लमजुङका किसानले कुनै बेला प्रतिकिलो २ हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए । तर, अहिले उक्त रकमको आधा मूल्यसमेत पाउन सकेका छैनन् ।