तेह्रथुम / तेह्रथुमको छथर गाउँपालिका २ हमरजुङबाट १७ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जेठ २५ गते बेलुका ८ बजेको समयमा शुक्रबारेबाट हमरजुङ जाने बाटोमा उनिहरुले बालिकालाई बलात्कार गरेका थिए। पिडित बालिकाको बाबुले बुधबार दिएको जाहेरीको आधारमा तत्काल प्रहरी चौकी शुक्रबारेबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पक्राउ गरेको हो।

प्रहरीले स्थानीय २१ बर्षीय पदम रसाईली सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ। पक्राउ परेका ३ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ।