इटहरी / इटहरीमा ४० दिने मुर्तिकला कार्यशाला गरिने भएको छ। सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने कार्यशालामा कलाकारहरुले स्वतन्त्ररुपमा सहभागिता जनाउन सक्नेछन्।

इटहरी ४ मा रहेको इटहरी मेट्रिक्समा कार्यशाला गरिने कलाकार विक्रम श्री ले जानकारी दिनुभयो। सहभागी हुन चाहने कलाकारहरुलाई जेठ २९ गतेसम्म फर्म भर्न सुचना जारी गरिएको छ।

यो मूर्तीकला कार्यशाला अनुकृति कार्यशाला रहेको श्रिले बताउनु भएको छ। कार्यशालामा अभ्यासको क्रममा विभिन्न कलाकृतीको हुबहु बनाइने छ। सो कलाकृति प्रदर्शनीमा समेत राखिने बताइएको छ।

श्रिको संयोजकत्वमा ११ सदस्यीय कार्यदल बनाएर प्रदेशको सामाजिक मन्त्रालयले मूर्तिकलाको पाठ्यक्रम नै बनाएको छ। यो कार्यशाला पाठ्यक्रमको प्रयोगात्मक परिक्षणको रुपमा समेत हुन गइरहेको श्रिले जानकारी दिनुभयो।