ओखलढुंगा / युवतीलाई बलात्कार गरेको आरोप लागेका ओखलढुंगाका एक जनप्रतिनिधि जेल चलान भएका छन्। लिखु गाउँपालिका–३ का वडा सदस्य विष्णु श्रेष्ठलाई शुक्रबार जिल्ला अदालतले पूर्वक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो।

वडा सदस्य श्रेष्ठ आफैले सञ्चालन गरेको इटाभट्टामा कामगर्ने कामदार युवतीलाई कारखानामै चैत ७ गते बलात्कार गरेको भन्दै चैत ९ गते उजुरी परेको थियो। पीडित युवती आफैंले जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा पुगेर उजुरी दिएकि थिईन्।

बलात्कारको आरोप लागेपछि वडा सदस्य श्रेष्ठ सम्पर्क बिहिन भएका थिए। हर्कपुरबाट २ महिनापछि प्रहरीले उनलाई पक्राउ गरेको थियो। श्रेष्ठ स्थानीय निर्वाचनमा नेकपाबाट उमेद्वार बनेर निर्वाचित वडा सदस्य हुन्।