सुनसरीको दुहवी नगरपालिकाले बिभिन्न वडाका सकृय महिला किसान एवं कृषि समुहमा आवद्ध सदस्यलाई ब्यवसायिक च्याउखेती तर्फ उन्मुख गराउन तीनदिने ब्यवसायियक तालिम शुरु गरेको छ।

नगरपालिका क्षेत्रका महिलालाई आय आर्जनमा उत्प्रेरणा जगाई कम लगानीमा गाउँघरमा नै ब्यवसायिकता प्रदान गरी आर्थिक पहुँच स्थापित गराउन च्याउ खेती तालिमसँगै च्याउ पकेट कार्यक्रममा जोड दिएको बाली संरक्षण अधिकृत सीताराम ढकालले जानकारी दिनुभयो।

बिभिन्न कृषक समुहमा आवद्ध १० जना तथा नगरपालिकाको १२ वटा वडाबाट १२ जना र पकेट कार्यक्रम सञ्चालित वडाका ३ जना गरी कुल २५ जना महिलाको सहभागिता रहेको सो तालिमका सहभागिलाई बढि उत्पादन दिने च्याउ खेती प्रविधिका बिषयमा सिकाईने ढकालले जानकारी दिनुभयो। तालिममा सहभागि भएकाहरुलाई बजार ब्यवस्थापक लक्ष्मण भट्टराई नायव प्राविधिक सहायक कल्पना भण्डारी र अनिलकुमार सिँहले सहजीकरण गर्ने कार्यक्रम छ।

तालिम प्राप्त भएपछि तालिम पाएका सदस्यहरुबाट कम्तिमा ३० देखि ३५ सय च्याउखेतीको सिलिण्डर तयार पारेर च्याउखेती गरिने तथा त्यसबाट खर्च कटाएर कम्तिमा २२ देखि २५ लाख रुपैँया आम्दानी लिन सकिने तरिकाले कार्यक्रम लक्षित रहेको बताईएको छ।