मोरङको पथरीशनिश्चरेमा कला र साहित्यका क्षेत्रमा कृयाशिल एभरेष्ट आर्ट फ्यूजनले माटोका सजावटका सामग्री निर्माण सम्बन्धी निशुल्क तालिम शुरु गरेको छ।

नगरपालिकाको आर्थिक व्यवस्थापनमा चैत २६गतेसम्म हुने ह्विल थ्रोइङ सेरामिक तालिममा काठमाडौंबाट आएका कलाकर्मी जगत प्रजापतिले माटोका सामग्री बनाएर कार्यक्रमको उद्घाटन् गर्नुभएको हो।

नगरको वडा नम्वर १ र २ को महिला लक्षित कार्यक्रम अन्तर्गत ३०जनाको सहभागिता रहने तालिममा काठमाडौंका अर्का कलाकर्मी बिक्रम प्रजापतिले समेत सहजिकरण गर्नुहुने सँस्थाका अध्यक्ष टीकाराम राईले जनाउनुभयो।

बिराटनगर घर भई लामो सयमदेखि चित्रकारितामा संलग्न पुराना प्रसिद्ध चित्रकार गोपाल कलाप्रेमीलाई तालिम समापनको दिन पुरस्कृत गरिने भएको छ। फ्यूजनकी संस्थापक अध्यक्ष चित्रकार सरोजा खड्गीका पिता माता बिष्णुप्रसाद खड्गी र मीनादेवी खड्गीको सम्मानमा ‘बिष्णुमीना ललितकला पुरस्कार’ प्रदान गरिने भएको हो। पुरस्कारको राशी १० हजार नगद र ताम्रपत्र रहेको छ। यो बर्ष पहिलो पटक प्रदान हुने सो पुरस्कार प्रत्येक बर्ष प्रदान गरिने छ।