मोरङ्गको सुन्दरहरैँचास्थित गछियामा जनचेतनामुलक सडक नाटक “धोका“प्रदर्शन गरिएको छ। गछियाको खेल मैदानमा प्रदर्शित नाटक एम.सि.सि. नेपाल संस्थागत बिकास सञ्जाल ललितपुरको साझेदारीमा HRDON:CDF नेपालले नाटक देखाएको हो।

स्थानीय कलाकारहरुले आफ्नै समाजमा घट्ने घटना जस्तै छोराछोरीले बाबुआमालाई ,प्रेमीले प्रेमिकालाई ,साथिले साथीलाई कसरी धोका दिएको हुन्छ भन्ने बिषय नाटक मार्फत प्रस्तुत गरेका थिए।

अहिलेको समाजमा प्रचलित बेथिति जस्तै लागुप्रदार्थ सेवन साथै बालबिबाहले गर्दा समाजमा पर्ने असरलाई झल्काउदै सन्देशमुलक सड़क नाटक “धोका“ प्रस्तुत गरिएको हो।

नाटक स्थानीय कलाकार राम लम्साल, राजेश ढकाल, सुमन सुब्बा, चण्डिका मोहरा, समसेर आलम, फिरोज खान, भिमा ढकाल, राजकुमारी तामांग, बिमला पोख्रेललगायतले प्रस्तुत गरेका हुन्।