बिराटनगर / दोस्रो राष्ट्रिय अन्तर मेडिकल कलेज हाजिरी जवाफ प्रतियोगितामा बिराटनगर स्थित नोबेल मेडिकल कलेज बिजयी भएको छ। वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आयोजित प्रतियोगितामा नोबेलको टिम बिजयी बनेको हो।

प्रतियोगितामा नोबेलका कौसल सिग्देल, सुनिल ढुंगाना र सागर न्यौपाने सहभागि थिए। बिजयी भएसँगै उनीहरुले ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन्।

nobl त्यस्तै प्रतियोगितामा वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान दोस्रो र काठमाण्डौ यूनिभर्सिटी स्कुल अफ मेडिकल साईन्सेस धुलिखेलको टिम तृतिय बनेको आयोजक स्टुडेन्ट वेलफेर सोसाईटीले जनाएको छ।

दुई दिनसम्म भएको प्रतियोगितामा टिचिङ अस्पताल, नेपाल आर्मी, मनिपाल, बिराटलगायत देशभरका १० मेडिकल कलेजका १५ टिम सहभागि थिए।