शुक्रराज सरुवारोग अस्पतालमा रेबिजको उपचारको क्रममा धेरै मानिसको ज्यान गएको छ। 

कुकुरले टोकेको त हो नि, घाउ ठीक भइसक्यो, छिमेकीको कुकुरले टोकेको त हो नि भनेर बस्दा रेबिजले धेरैलाई मृत्युको मुखमा पुर्‍याएको छ।

सरुवा रोग विशेषज्ञ तथा शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले कुकुरले टोकेको पीडा अत्यन्त दुःखदायी हुने बताउनुभयो। सरकारले रेबिजविरुद्ध भ्याक्सिन निःशुल्क प्रदान गर्छ र रेबिजविरुद्ध सुई लगाउँदा पूर्णरूपमा ठीक हुन्छ भन्ने थाहा पाउँदा पनि सानो लापरबाहीले ज्यानै जाने गरेको उहाँको भनाइ छ।

डा.पाण्डेले दुर्घटनामा गएको ज्यान, क्यान्सर, मिर्गौला, मुटुरोगजस्ता घातक रोग लागेर गएको ज्यानलाई सहन सकिने भन्दै तर रेबिज लागेर ज्यान गएको घटना सहन धेरै गाह्रो पर्ने बताउनुभयो।

जब कि कुकुरले टोकिसकेपछि एउटा सुई लगाउने बित्तिकै बाँच्न सकिन्छ, त्यही सुई नलगाइदिँदा मानिसलाई मृत्युको मुखमा पुर्‍याइरहेको हुन्छ। यो समाचार आजको गोरखापत्र दैनिकमा सरोज ढुंगेलले लेखेका छन्।