काठमाडौं / आईतबार सुनको भाउ झन् ओरालो लागेको छ। गत शुक्रबार ६० हजार ७ रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ७ सय रुपैयाँले घटेर ६० हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  

त्यस्तै आज तेजावी सुनको मूल्य पनि ओरालो लागेको छ। आज तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ। यस अघि तेजावी सुनको मूल्य ६० हजार ४ सय रुपैयाँ रहेको थियो। 

आज सुनको मूल्यसँगै चाँदीको मूल्य पनि ओरालो लागेको छ। आज चाँदीको मूल्य प्रतितोला ७१० रुपैयाँ रहेको छ। यसअघि चाँदीको भाउ ७३० रुपैयाँ रहेको थियो।

काठमाडौँ उपत्यका बाहेकका जिल्लामा भने नेपाल सुनचाँदी व्यवसायी महासंघले तोके बमोजिम सुन चाँदीको मूल्य केही बढी पर्न सक्ने छ।