काठमाडौं / आज बुधबार पूर्वी र मध्य भु–भाग तथा पश्चिमि पहाडी भु–भागमा आंशिकदेखि सामान्य बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्या ठाउँमा भने हुने महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावका कारण देशका पुर्वि र मध्य भु–भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भु–भागका एक दुइ स्थानमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वामान महाशाखाले जनाएको छ।

राति देशभरि आंशिकदेखि सामान्यसम्म बदली रही देशका पहाडी भूभागमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको र उच्च हिमाली भूभागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।