बिराटनगरमा कवि तथा सञ्चारकर्मी रामप्रसाद खरेलको एकल कविता वाचन गरिएको छ। चेतना संरक्षण प्रतिष्ठान नेपालले बिराटनगरमा गरेको चेतना मासिक कार्यक्रमको एक्काईसौ श्रृङ्खलामा शुक्रबार खरेलले कबिता बाचन गर्नुभएको हो।

कबिता बाचनमा खरेलको कविता संग्रह अक्षरमा मान्छे भित्र र त्यसबाहेकका ७ वटा कविता बाचन गरिएको थियो। कार्यक्रमा आयोजकका तर्फबाट उमेश दाहालले स्वागत मन्तव्य राख्नुभएको थियो।

रमाप्रसाद रिजालको प्रमुख आतिथ्यमा सम्पन्न एकल कविता बाचनमा सभापति गंगा सुवेदी हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन मिन कुमार नवोदितले गर्नुभएको थियो।

मकालु टेलीभिजनको सभाहलमा सम्पन्न भएको कार्यक्रममा खरेलले“यो बोट, अध्यारो कोठाबाट, फूल्नबाँकी फूल, रातो डायरी, मृत्यूको नजिक, मन पोखिएपछि र बा” शिर्षकका कविताहरु बाचन गर्नुभयो।

चेतना संरक्षण प्रतिष्ठान नेपालले प्रत्येक महिना चेतना मासिक कार्यक्रम गर्दै आएको छ। खरेलको अक्षरमा मान्छे कविता संग्रहसँगै महान्बाँणी, रे र रेडियो पत्रकारितालगायतका कृती प्रकाशित छन्।