नयाँ दिल्ली / चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट भारतमा दुई नेपाली विद्वान् सम्मानित भएका छन्।

राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको सो सम्मान डा.विश्वनाथ धिताल र डा.उमेश नेपाललाई प्रदान गरएको हो। दिल्लीमा आयोजित विशेष समारोहमा भारतीय उपराष्ट्रपति बैंकैया नायडूले उहाँहरुलाई सम्मान गर्नुभएको हो।

पुरस्कारको राशि जनही एक लाख भारु छ। संस्कृत वाङ्मयमा युवावर्गलाई प्रोत्साहन गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उहाँहरूलाई सम्मान गरिएको रातोपाटीमा समाचार छ।