काठमाडौं / पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी हुन्छ। यो कुरा सन्दा तपाईलाई पत्यार नलाग्न सक्छ। हालै अमेरिकाको ‘सिगंटन विश्वविद्यलय स्कुल अफ मेडिसिन रिसर्च’ को एक अध्ययनले पुरुषको तुलनामा महिलाको स्मरणशक्ति बढी भएको दाबी गरेको छ। 

अनुसन्धानमा सहभागी रेडियोलोजिस्ट डा. मनुश्री गोयल भन्छन्, ‘हामीले २० देखि ८२ वर्षसम्मका दुई सय पाँच जनामाथि यो अध्ययन गरेका थियाँै। यी सबै मानिस पूरै स्वस्थ थिए,’ उनले भनिन्, ‘हामीले यो देख्न चाहेका थियौँ कि उमेरसँगै कसरी मेटाबोलिजम परिवर्तन हुन्छ।’

मेटाबोलिजम मस्तिष्कमा हुने अक्सिजन तथा ग्लुकोजको मात्रा हो। यसको आधारमा मस्तिष्कले काम गर्छ। खानाबाट प्राप्त हुने ग्लुकोज अक्सिजनमा मिसिएर शरीरका अन्य भागमा जान्छ र यही अक्सिजन र ग्लुकोजको सहयोगले हाम्रो मस्तिष्कले काम गर्छ। यही शक्तिको कारण मस्तिष्क सक्रिय बन्छ र स्वस्थ रहन्छ। यो समाग्री नागरिक पत्रिकामा प्रकाशित छ।