मोरङ्गको सुन्दरहरैँचा ७ मा निर्माण हुने सामुदायीक भवनको शिलान्यास गरिएको छ। पौडेल बंश प्रतिष्ठान परिसरमा निर्माण हुने सामुदायीक भवनको शुक्रबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो।
बैदिक मन्त्रोच्चारणसहित गरिएको शिलान्यास कार्यक्रममा सिंह राशि भएका पौडेल बन्धु मदन पौडेलले शिलान्यास गर्नुभएको थियो। शुक्रबार बिहान ७ बजेर ४५ मिनेटमा गरिएको कार्यक्रममा प्रतिष्ठानमा आवद्व बिभिन्न पदाधिकारी एवं पौडेल बन्धुहरुको उपस्थिती थियो।
प्रतिष्ठान परिसरमा निर्माण हुने सामुदायीक भवनका लागि निर्वाचन क्षेत्र पूर्वाधार बिकास कोष मोरङ्गबाट प्राप्त नौ लाख रुपैँयालगायतको रकमबाट प्रारम्भिक कार्य थालिएको प्रतिष्ठानले जनाएको छ।