सिंहदरबारको अधिकार गाउगाउँमा पुर्‍याउने र देशको समुचित बिकास गर्नको लागि भन्दै देशलाई संघीय प्रणालिमा लगिएको छ। सिंहदरबारको अधिकार गाउगाउँ पुर्‍याउन बिभिन्न समस्या आइरहेको कुरा सार्वजनिक भइरहेको छ यसै सन्दर्भमा इटहरी उपमहानगरपालिका वडा नम्वर १३ का वडा अध्यक्ष शिबनारायण चौधरीसँग एटिएन मिडिया प्रालिद्वारा सञ्चालित पूर्वी खबरका लागि मनोज निरौलाले गर्नुभएको कुराकानीको सम्पादित अंश :

अहिले खासगरी के मा ब्यस्त हुनुहुन्छ?
अहिले चै हामी २०७५/७६ को बजेट टोल टोलमा बिनियोजन गरेको अवस्थामा हामी कहाँ कस्तो किसिमको काम भईरहेको छ भनेर अवलोकन गर्दै र खासगरी बाटोघाटो निर्माणमै बढी ब्यस्त छौँ र हामिले लक्षित बर्गका लागि छुट्याएको कार्यक्रमको योजना तिर ब्यस्त छौँ।

कार्यपालिका बैठकमा वडा कर्यालय तथा वडाध्यक्षका कुरा कत्तिको सुनुवाई हुन्छ ?
खासगरी वडा अध्यक्षहरु सवतह कार्यपालिला सदस्य हुन्छन र यस विषयमा हाम्रो इटहरी उपमहानगरमा कार्यपालिका बैठकमा प्रस्तुत हुने बिषयका केही एजेन्डाहरु त्यही बनेरै आउँछ त्यो अलि दुरदर्शी नभएको हो कि भन्ने छ। बाँकी सबै मोटामोटी ठिकै छ।

हिजोको दिनमा एउटा पार्टिको नेता हुँदाको क्षण र आज जनप्रतिनिधी हुँदाको फरक अनुभव के छ?

निश्चित रुपमा धेरै फरकहुदो रहेछ भन्ने मेरो महशुस गरेको छु। हिजो एउटा सङ्गठनको कार्यकर्ता भएर लागि पर्दा जति जनअपेक्षा, जनताका गुनासो हुन्थे ती सबै पुरा गर्न सकिँदैन थियो तर जनप्रतिनिधी भई सकेपछि जन गुनासोलाई कार्यान्वयन गर्न तिर लाग्न सक्ने बाटो बनेको छ तर अहिले नगरपालिकाले हामिलाई सबै अधिकार दिएको पनि छैन र हामिले अपेक्षा गरे जस्तो बजेट पनि छुट्याएको छैन। एउटा कुरा चै के छ भने इटहरी उपमहानगरको १३ नम्वर वडा भौगोलिक अबस्था र जनघनत्वको हिसाबले पछाडी छ। पहिले पनि हामिले भनेका थियौ कम्तिमा जनताको जनघनत्व हेरेर पनि बजेट निर्माण गर्नु पर्दछ। कसैलाई काखा र कसैलाई पाखा गर्नु हुन्न भन्ने हिसाबमा लाग्नु पर्थ्यो अझै पनि समाबेशी नदेखिएको कुरा प्रस्ट नबुझिएको अबस्था छ।

गोजिको पैसा चै कत्तिको सकिएको छ?
अब बास्तवमा भन्ने हो भने यहाँ जे कुरामा हाम्रो बढी आवाज हुन्छ कम्तिमा हामी जनप्रतिनिधी भैसकेको हुँदा जनता आफैले जिताएको हुँदा जनताको एककिसिमले भिन्न खालको मत पनि हुन्छ जनतालाई आफुले जिताएको प्रतिनिधि त हो भन्ने त हुन्छ नै तर कतिपय सामान्य कामको लागि सहयोग र कार्यक्रमको लागि आउने मान्छेलाई पनि चित्त बुझाएर पठाउनै पर्ने र सबै अधिकार वडामै सिमित नरहेकाले ब्यक्तिगत खर्चहरु धेरै नै छ।

स्थानियस्तर वा वडा कार्यालयले अझ मजबुद भएर कार्य सञ्चालन गर्नको लागि नगरपालिकाले कस्तो भुमिका खेल्नु पर्छ जस्तो लाग्छ?
बास्तबमै वडा कार्यालयलाई अझ मजबुद बनाउनका निमित्त कर्मचारी र जनप्रतिनिधी हामी एक रथका दुई पाङ्ग्रा भन्छौ एक आपसमा नङ्ग र मासुको सम्बन्ध हुन निकै आवश्यक रहन्छ। जुन अत्यन्तै जरुरी छ। किनभने अहिले इटहरी उपमहानगरमा केही समस्याहरु आएका छन, त्यो धेरैलाई थाहा नै छ। अहिले बिकास निर्माणका कामहरु तिब्र रुपमा भई रहेको अबस्था छ। पुर्वाधार बिकास र बिशेसगरी बाटोघाटो निर्माणका काम तिब्र गतिमा भईरहेको अबस्था छ पुर्बाधार बिकास र बाटोघाटो निर्माण चलिरहेको अबस्थामा दक्ष जनशक्ती हुँदा हुँदै जनताले दुख पीडा भोगिरहेको अबस्था छ। सिंहदरबारको अधिकार गाउगाउँमा र हामी चाहन्छौ पनि नगरपालिकाले निर्वा्चित भएर दिश्रो बर्षमा हामी करिब करिब प्रबेश गरेका छौ तर पनि कर्मचारीको ब्यबस्थापन हुन सकेको छैन। नियमले पनि यौटा वडामा कम्तिमा ७ जना कर्मचारी चाहिन्छ त्यो अहिलेसम्म परिपुर्ती नभएको अबस्था छ। वडा कार्यालयबाटै जनताले सबै सेवा सुबिधा पाउनुपर्ने हो त्यो पनि नभएको अबस्था छ। यौटा उपभोक्ता समिती नगरपालिका गयो भने यौटा काम गराउन पनि त्यही मान्छे कयौ पटक धाउनु पर्ने अबस्था छ। कहिले कुन कर्मचारी हुदैनन् त कहिले कुन। अनि जनताले दुख कस्ट पनि भोगिरहेका छन्। गुनासो सुन्ने हामी वडा अध्यक्ष भनिन्छ तर हामिले कयौपटक कार्यपालिकामा कर्मचारिको ब्यबस्थानका लागि आवाज उठाएका छौ र जबसम्म कर्मचारिको ठिक ढङ्गले आवश्यकता अनुसार ब्यबस्थापन हुदैन तबसम्म जनताले सामान्य रुपले लागातार समस्याहरु भोगिरहने अबस्था चै देखिएको छ। वडा कार्यालय बलियो हुनको लागि नगरपाकिकाले भरपुर तरिकाले सहयोग गर्ने सामान्य बिधमान समस्याहरुलाई चिर्दै जाने हो भने समृद्द नेपाल सुखी नेपाली भन्ने यो नारा छ यो एकरुपले अगाडि बड्न सक्छ।

वडा कार्यालयका अहिलेका बिधमान सम्स्या के के छन?

यो एकदमै राम्रो प्रश्न हो। बास्तबमा अहिले इटहरी उपमहानगरका २० वटै वडामा त्यहा कसरी कार्य सञ्चालन हुदैछ त्यहाँ के के भैरहेको छ त्यसको निगरानी गर्ने प्रमुख दायित्व भनेको नगरपालिका प्रमुखको नै हुन्छ। अहिले इटहरी वडा नम्वर १३ को केही समस्या म बताउन चाहन्छु, आज सरकारले हरेक कुरालाई बिकासमा जोड दिने कुरालाई प्राथमिकतामा राखेको छ यद्दपी अहिले हामी भाडामा बसिराखेको अवस्था छ। यहाँ पुर्बाधारको बिकास पनि राम्रोसंग भएको छैन, प्रतिनिधित्व गर्न थालेको २ बर्ष पूरा हुँदा पनि वडा सदस्य बस्ने ब्यबस्थित ठाउँ छैन, न्यायिक समितिलाई बस्ने ठाउँ छैन, जिम्मेवारी दिएको छ चल्ने ठाउँ छैन, खुम्चिएर र सांघुरिएर हानी बस्नुपरेको अवस्था छ। यो समस्या हल गर्ने दायित्व कस्को? हामिले कयौपटक यी कुराहरु नगरपालिकालाई भन्दा र आवाज उठाउदा पनि अहिले सम्म समस्या जहाको तहां छ। आज हुन्छ भोलि हुन्छ भन्दा भन्दै दुई बर्ष नागिसकेको छ यी सबै समस्या हेर्ने काम चै नगरपालिका कै दायित्व भित्रै पर्छ जस्तो लाग्छ र अब पनि यी सानान्य समस्याहरुको पहिचान गरि समाधान नगरे ढिलो हुनसक्ने मेरो बुझाई छ।