छन्द : सार्दूलबिक्रीडित
SSS IIS ISI IIS SSI SSI S

धेरै कष्ट गरी भयो मुलुक यो नेपालका नामले ।
पृथ्बीको प्रतिभा बिना धरणि यो बस्थेन है ! सानले ।।
ठोकी चार किला बन्यो पिलरका सीमा वनायौ तर ।
वारम्वार यतै सरेर बसुधा जाँदैन आफ्ना घर ।।१।।

चारै जात कनै छ बर्ण जतिको साझा बनाया अनी ।
फूलै फूल थुँगा सरी मुलुक को माला उँनाया भनी ।।
ढुंगाका बीचमा छ सुन्दर धरा सारै चनाखो बनी ।
साधैका सधिया मिलाउँनु दुबै वाठा र झेली धनी ।।२।।

मोटाएर सधै सबै जन बसे देशै त मोटो हुँने ।
सानै वड्छ उता छिमेक जनले गर्दैन आँटै छुँने ।।
राम्रो न्याय गरी दिएर जनमा अन्याय फाली दिनु ।
भ्रष्टाचार लिने दिने सकलको बैरी समानै लिनु ।।३।।

यस्ता दिव्य गुँणी कुरा र पृथिबी सुम्प्यौ प्रजामा छरी।
ढाक्यो देश भरी बिदेश बिधिले डाँडा र फाँटै भरी ।।
तान्यो स्रोत युवा लग्यो पर कतै उस्कै धरामा अनि ।।
लायो काम कडा पिएर पसिना ल्याए कसैले गनी ।४ ।।

बाँझा धेर भए गरा कति भनौ खाली छ फाँटै झरी ।
तिम्रा शालिक नै फुटे कति यहाँ खोजेर देशै भरी ।।
लाँए पोल भए जती मुलुकले भोग्दै गरेका गति ।
अर्पेको छु गला भरी मखमली थुँगे भएका जती ।।५।।

-मेघराज पौड्याल
कञ्चनरुप नपा ७ आदर्शटोल सप्तरी ।
२०७५ पैष २६ राती ११ बजे