प्रदेश नम्बर एकको भाषा साहित्य सँस्कृति बिकासका लागि सुझाव दिन गठित टोली सुझाव संकलनका क्रममा ओखलढुंगाको रुम्जाटार गएको छ। प्राध्यापक डाक्टर टंक न्यौपाने नेतृत्वको टोली शुक्रबार रुम्जाटार गएको हो।

प्रदेश नम्बर एकको सामाजिक बिकास मन्त्रालयलाई भाषा साहित्य सँस्कृति बिकासका लागि सुझाव दिन मन्त्रालयले प्रा.डा.न्यौपानेको नेतृत्व र सदस्य सचिव उपेन्द्र दाहाल रहनुभएको सम्बन्धित बिज्ञहरु सम्मलित १३ जनाको कार्यदल गठन गरेको छ।

टोलीले शुक्रबार ओखलढुंगाको रुम्जाटारमा सरोकारवालाहरुसँग छलफल गर्न संयोजक प्रा.डा.न्यौपानेको नेतृत्वमा त्यसतर्फ टोली गएको सामाजिक बिकास मन्त्रालय शाखा अधिकृत बलराम पराजुलीले बताउनुभयो।

कार्यदलले हालसम्म झापामा पाँचथर, इलाम, पाँचथर र ताप्लेजुङका सरोकारवालाहरुसँग छलफल गरेको छ। यस्तै धनकुटाको हिलेमा भोजपुर, संखुवासभा,तेह्रथुमका सरोकारवालाहरुसँग सुझाव लिएको छ भने शुक्रबार रुम्जाटारमा खोटाङ सोलुखुम्वु र ओखलढुंगाका सरोकारवालाहरु सँग छलफल गर्नेछ।

यसैगरी सुनसरीको इटहरीमा यहि चैत्र ४ गते मोरङ, सुनसरी र उदयपुरका सरोकारवालाहरु सँग छलफल गरेर १५ गते भित्रमा प्रतिवेदन बुझाउने सामाजिक बिकास मन्त्रालय शाखा अधिकृत बलराम पराजुलीले बताउनुभयो।

छलफलमा सहभागीहरुलाई ४ सुमुहमा बाँडेर, प्रश्नावली दिने, सहभागीहरुलाई छलफल गराएर लिखित रुपमा सुझाव लिने गरेको शाखा अधिकृत पराजुलीले पूर्वी खबरलाई बताउनुभयो।