अर्गानिक खेतिमा लामो समयदेखि अनुसन्धान र प्रयोग गर्दै आउनुभएका मोरङ्गको उर्लाबारी नगरपालिका ९ राजघाटस्थित बरालको अर्गानिक कृषी फर्म सञ्चालक मुक्तिनाथ बरालसंग अर्गानिक कृषिबारे भिमा चोङ्गबाङ्गले गरेको कुराकानीको सम्पादित अंश :

अर्गानिक कृषी प्रबिधि भनेको के हो ?
अर्गानिक भनेको देश भित्रको प्राकृतिक कृषी ब्यबस्थापन हो। केमीकलको कूनै प्रभाब बिना आफ्नै इको सिस्टम भित्रको प्रबिधि हो। प्राकृतिक तत्वहरुबाट निर्मित मलबाट गरिने खेतिलाई अर्गानिक कृषी भनिन्छ।

अर्गानिक कृषीबारे खोजी गर्ने क्रममा केके गर्नुभयो ?
३५ बर्षअघि रसायनिक मलले काम दिदैन यो राष्ट्रको लागी अभिशाप हुन्छ भनेर मैले अर्गानिक कृषी बारे खोजी गर्न थालेको हुँ। २०५२ सालमा अर्गानिक मल सम्बन्धिको गोष्ठिमा सहभागी हुन थाइल्यान्ड गएको थिएँ, त्यहाँ जापानको बैज्ञानिकले तयार पारेको ई. यम. भन्ने अर्गानिक मल भेटे। मैले त्यसलाई नेपालमा भित्य्राँए र धेरै जिल्लाहरुमा प्रचार प्रसार गरे आखिरमा एस.पि.आर.भन्ने ब्यक्तिले इ.यम.कम्पनी दर्ता गरेछन्। त्यसपछी अर्काको कम्पनिमा के काम गर्नुभनेर छाडियो।

अर्गानिक मल बारे अरु खोजी गर्ने क्रममा अर्का जापानिजसँग मुस्ताङमा भेट भयो। उनले भर्खरै पत्ता लगाएको अर्गानिक अल्कोहलको बारेमा बताए। जसअनुसार एकमाना चामलको भात पकाउने। त्यसलाई काठको भाँडामा राखेर मालबासको जरा र शीतलले भेट्ने ठाउमा भातको भाग जमिनमा गाढेर राख्ने। त्यसलाई सिक्राले छोप्ने। एक हप्तापछि त्यसमा एथेस्ट ढुसी पलाउछ। त्यसपछी जति भात थियो त्यति नै तौलको सख्खर पगालेर भातमा मल्ने र एउटा ड्रममा हालेर खाटमुनी राख्ने फेरि एकहप्ता पछि त्यस्तै ढुसि पलाउछ। त्यसलाई १०/१२ पाथि ब्रान्ड भूस मकैको पीठोमा मल्ने अनि यसलाई १०० केजीको ड्रममा हालेर आधा फिट खाली हुने गरि पानी हाल्ने र बिर्को बन्द गर्ने कहिलेकाँहि चलाउने र एकहप्ता पछि त्यो शक्तिशालि अल्कोहल बन्छ। त्यो पशुलाई खुवाउँदा क्यालसियम, भाइरेबल खुवाउँदा जति दूध दिन्छ त्यति नै दूध आउँछ भनेर सिकाए। यस्तै बंगुर अनि बाख्राको पाठाहरूलाई खुवाउँदा बलियो हुने, रातो मासु धेरै लाग्ने पनि सिकाएका थिए यसलाई मैले प्रयोग गरेर हेरेँ त्यो सफल भयो।

त्यसरी नै झारपात कुवाएर आइ.एम. ओ.(ईन्टरनल माइक्रो अर्गानिजम) बनाए त्यसपछि पशुपालन र कृषीको लागी भरपर्दो उपाय आइ.एम.ओ.भनेर किताब लँेखे। कालिटस नेपाल धोबीघाटमा यसबारे धेरै तालिमहरु चलाएँ त्यतातिरका बंगुरपालक किसानहरु हाल यो प्रबिधि अपनाउछन्।

त्यसपछि भारतीय कृषी बैज्ञानिक सुभास पालेकरसँगको संगतले झोल र ठोस पदार्थमा जिबामृत बनाउने तरिका सिके। जस्को प्रयोगले रसायनिक मलको प्रयोगले जमीन मुनी लूुेर बसेका गड्यौलाहरुलाई फेरि माथि निम्त्याउँछ। २०७३ सालमा भारतको गुजरातमा डि कम्पोजरबारे ५दिने तालिम लिएर डिकम्पोजरको बिउ लिएर फर्किए। त्यसपछि १०कठ्ठामा डि कम्पोजर लगाएर र अर्को १०कठ्ठामा रसायनिक तरिकाले खेती गरे परिणाम उस्तै उस्तै आयो। अनी मैले कृषी अधिकृतहरु चिया बगानका मालिकहरुलाई सुनाए। उहाँहरुले नि प्रयोग गरेर राम्रो भएको प्रतिक्रिया दिनुभयो। एकलिटर डि कम्पोजरको बिउ १केजी सख्खरमा सय लिटर पानि लाउँदा यो पुन डि कम्पोजर बन्छ। एकपटक डि कम्पोजर किनेपछि सधैलाई खेती गर्न सकिन्छ।

अर्गानिक कृषीलाई नेपालमा प्रबर्धन गर्न अमेरिकाको जागिर छाड्नुभएको रे हो ?
अमेरिकामा मलाई बस्न अनुरोध गरेका थिए राम्रै तलब दिन्छु भनेका थिए तरपनी नेपालमै काम गर्नुपर्छ यही गरे समृद्धिको बाटो खुल्छ। त्यहाँ सघाउदा हामीलाई केहीपनि फाइदा हुँदैन भनेर ६महीनाको मै फर्किएको हुँ।

अर्गानिक कृषी शुरुगर्दाका अप्ठ्याराहरु बताईदिनु न ।
सारै अप्ठ्यारो परेको थियो रासायनिक मलमा पल्केकाहरु त्यो भएन भने त मरिहालिन्छ नी भन्थे। रसायनीक मल घातक छ। प्रयोग नगरौ न,यो रसियाले कहीँ फाल्न नपाएर ईण्डियासँग सम्झौता गरेर यूरेनियम फ्याक्ट्रिहरु ल्याएको हो। रसायनिक मलको परिणाम अहिले सामान्यतया राम्रो भए पनि कालान्तरमा यसले काम दिदैन भन्दा कसैले बिश्वास गर्ने अबस्था थिएन अचेल भने केही परिबर्तन देखिएको छ। अर्गानिक कृषिमा धेरैको चासो बढेको छ। प्राकृतिक तरिकाले सढाउने प्रबिधिको खोज गरेर कृषी र पशु ब्यबसाय गर्नसके राम्रो हुन्छ।

बालीलाई चाहिने पोषक तत्वहरु केके रहेछन् ?

डी कम्पोजर भरपर्दो मल हो यसले एन.पि.के.यूक्त चिजहरूलाई सजिलै सढाउन सक्छ। यो अर्गानिक एसिड पनि हो यसमा तामा पित्तल कास फलाम जुनसुकै चार किसिमको दालको पिठो, तिल, तोरीको पिठो, सख्सर पानी मिसाएपछी विरुवालाई आबश्यक तत्वहरू तयार हुन्छ।

रोग किरा कसरी नियन्त्रण हुन्छ ?
हरेक झारपातहरु औषधिय गुणयुक्त छन। बुलु अंग्रेजी बिख्मा चिराईतो बोके टिम्बुर, किराते बोजो, बकाईनोलगायत पशुहरूले नखाने खाएपनि धेर नखाने बनस्पतीहरुलाई डि कम्पोजरमा सढाएर बानस्पतिक बिषादी बनाउन सकिन्छ। यी झारपातहरुलाई गौमूत्रमा पकाएर पनि बिषादि बनाउन सकिन्छ। यसलाई आठ गुना पानी मिसाएर बिरुवामा स्प्रे गर्दा सबै खाले रोग किरा नियन्त्रण हुन्छ। आँप लिचि जस्ता फलफूल र लहरे बालीमा चाँहि फेरामिन टेप राख्नु नै उपयुक्त हुन्छ।

बिउ उपचार चाँही ?
बिउको उमार शक्ति ब्यबस्थित गर्न डिकम्पोजर प्रयोग गर्नुपर्छ दल राख्नुभन्दा एकदिन अघि एउटा भाँडामा हल्का पानि राख्ने, हल्का नून हाल्ने र बिउ लगाउने १० मिनेटपछि नून पूरै जाने गरि पखाल्ने। एकरात त्यतिकै रहन दिने भोलिपल्ट बिहान डि कम्पोजरको झोल हालेर मल्ने, १०÷१५ मिनेट घाम या छाँयामा सुकाउने। ओभाएपछि दल राख्दा ९५/९६ प्रतिशत बिउ उम्रन्छ।

अनि माटोको उपचार कसरी गर्ने ?
अर्गानिक क्षेत्रमा माटो उपचार तथा झार उम्रन नदिने उपाय छैन। झार पनि मल नै हो यसलाई उखेल्नैपर्छ। कृषी कार्यालयमा नङग्रावाला बिरुबा गोड्ने मेसिन पाईन्छ त्यसको प्रयोग गर्न सकिन्छ।

अनि हुस्सु शितलहरबाट बाली जोगाउने तरिका पनि भनिदिनुन।
एकलिटर माईक्रो न्यूट्रेनमा एक लिटर गाई भैसीको अमिलो मोही र १०लिटर पानी मिसाएर स्प्रे गर्दा ढुसीको जरै मारिदिन्छ।

अर्गानिक तरिकाले कृषी गर्दा रसायनिक जत्तीनै प्रतिफल दिन्छ ?
मैले १०कठ्ठामा अर्गानिक र अर्को १० कठ्ठामा रसायनिक तरिकाले धान खेती गरे उस्तै उस्तै रसायनिकमा आठ हजार खर्च भयो अर्गानिकमा चार सयले पुग्यो अव तपाँई आँफै हिसाव गर्नुहोस।