इटहरी/ हिमालयन रोडिज सिजन ५ को प्रि अडिसन यहि जेठ १३ गते इटहरीमा शुरु हुने भएको छ। १३ गते शनिबार बिहान १० बजेदेखि इटहरीस्थित तिरुपती अटो सिटी (यामाहा शोरुम) इटहरीमा प्रि अडिसन शुरु हुने भएको हो।

अडिसनमा रोडिज पारखी युवायुवतिहरु रोडिज हुने आकांक्षाका साथ भाग लिन उत्सुक भएको आयोजकले बताएको छ। तिरुपती अटो सिटी (यामाहा शोरुम) इटहरीका मेनेजर प्रबिण काफ्लेले अडिसनमा कार्यक्रमका निर्णायकहरु नेपालमा ख्याति प्राप्त कलाकारहरु सुरजसिंह ठकुरी, लाहुरे, अनुप बिक्रम शाही, प्रियंका कार्की र दिया मास्केको उपस्थिती रहने जानकारी दिनुभयो।

हिमालयन रोडिज को फाराम यामाहा शोरुम इटहरीमा उपलब्ध हुनुका साथै यो लिंकबाट पनि अनलाईन फाराम भर्न सकिने काफ्लेले जानकारी दिनुभयो।