काठमाडौं । डिजेल र पेट्रोलको मूल्य घटेसँगै लामो दूरीका सवारीसाधनको भाडामा मूल्य समायोजन गरिएको छ । यातायात व्यवस्था विभागतका अनुसार जेठ २ मा डिजेलको मूल्य घटेपछि आजैदेखि लागु हुने गरी दुई वा सोभन्दा बढी प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातको भाडादर स्वचालित प्रणाली बमोजिम समायोजन गरिएको छ ।

यात्रुवाहक सवारीमा ३.२० प्रतिशतले घटेको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.१९ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा ४.६५ प्रतिशतले भाडा घटेको छ । हालको भाडादर गत असारमा डिजेलको मूल्य १७२ हुँदा तोकिएको थियो । अहिले डिजेलको मूल्य १७ रुपैयाँ घटी १५५ रुपैयाँ कायम भएको छ ।

यातायात व्यवस्था विभागले पहाडी क्षेत्रमा मालबाहक सवारीसाधनको ४.१९ प्रतिशत र तराईको बाटोमा ४.६५ प्रतिशतले भाडा घटाएको छ । डिलक्स गाडीले भने तोकिएको भाडा दरभन्दा २० प्रतिशतसम्म बढी लिन पाउँछन् ।

नयाँ भाडादर