पथरीशनिश्चरे/ मोरङ्गको पथरीशनिश्चरे ८ मा ७ दिने मन्टेश्वरी तालिम सञ्चालन गरिएको छ। पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८को आर्थिक सहयोगमा तालिम सञ्चालन गरिएको हो।

सुनसरीको इटहरीस्थित नेप्ली मिडिया प्रा.लि.ले संयोजन एवं सञ्चालन गरेको तालिममा २२जना सहभागी थिए। ७ दिनसम्म सञ्चालन गरिएको तालिममा इटहरी निवासी लक्ष्मी खड्का गौतम र पथरीशनिश्चरे निवासी श्रृष्टिना बास्कोटाले सहजीकरण गरेका थिए।

बैशाख २२ गते शुरु भएर तालिम बिहिबार समापन गरिएको थियो। तालिम समापन कार्यक्रममा पथरीशनिश्चरे नगरापालिकाका मेयर मोहन तुम्बापो, उपमेयर देवीमाया काफ्ले, एवं वडा नम्बर ८का वडाध्यक्ष नबिनजंग कार्की र सोहि वडाका सदस्यहरुको उपस्थिती थियो।

कार्यक्रममा तालिममा सहभागीहरुले छोटो समयको भएपनि तालिम उपलब्धीमुलक रहेको भन्दै तालिम जीवन उपयोगी भएको बताएका छन्। उनिहरुले यस्ता तालिम कर्मकाण्डी नभएर साँच्चै जीवन उपयोगी भएको भन्दै वडासँग अझै एडभान्स तालिम सञ्चालन गर्न अनुरोध समेत गरेका छन्।

समापन कार्यक्रममा वडाध्यक्ष कार्कीले तालिममा सहभागीहरुलाई सबै खालका कार्यक्रममा सहभागी हुँदै समय बिताउनुको सट्टा एउटा बिषयमा अब्बल बन्न अनुरोध गर्नुभयो। स्थानीय महिला दिदिबहिनिहरुको जीवनस्तर उकास्न वडाले कुनै कसर बाँकी नराख्ने प्रतिबदद्ता ब्यक्त गर्नुभयो।

यस्तै नगर उपप्रमुख काफ्लेले यस्ता तालिमले महिला दिदिबहिनिहरुलाई चुलोचौकाबाट बाहिर निकाल्न मद्दत गर्ने बिश्वास ब्यक्त गर्नुभयो।

कार्यक्रममा नगर प्रमुख तुम्वापोले वडाबाट माग भएको खण्डमा यस्ता प्रकारका जीवन उपयोगी तालिमहरुलाई आवश्यक बजेट बिनियोजन गर्ने भन्दै यहि मन्टेशरी तालिमलाई एडभान्स रुपमा सञ्चालन गर्न सकिने बताउनुभयो।

कार्यक्रममा वडासदस्य बाबुराम चौधरी स्थानीय दुर्गा आधारभुत बिद्यालयका प्रधानाध्यापक टिकाराम काफ्लेसमेतले बोल्नुभयो।