एजेन्सी । हङकङ प्रहरीले पार्किङ शुल्क माग्दा सेक्युरिटी गार्डको हत्या गर्ने एक पुरुषलाई पक्राउ गरेको छ।आइतबार प्रहरीले २९ वर्षीय युन भनिने कार चालकलाई पक्राउ गरेको छ। ६९ वर्षीय श टिनको ती चालकसँग पार्किङ शुल्क तथा कारमा गाँजा राखेको विषयमा विवाद भएको थियो।

आरोपी पुरुष हत्या र लागुऔषधसम्बन्धी मुद्दामा कैद परिसकेका व्यक्ति हुन्।आइतबार बिहान १२:३८ बजे सेक्युरिटी गार्ड जाट मिन चुयनको कार पार्किङस्थलमा अचेत अवस्थामा फेला परेका थिए। दिउँसो १:७ बजे उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

अनुसन्धानका क्रममा प्रहरीले कार चालकसँग सेक्युरिटी गार्डको पार्किङ शुल्कका विषयमा वादविवाद भएको बताएको छ। विवादपछि उनले कारको जाँच गर्न खोज्दा २ ग्राम गाँजा भेटिएको थियो। विवादपछि संदीघ्धले हातैले सेक्युरिटी गार्डमाथि कुटपिट गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ।हङकङमा लागुऔषधसम्बन्धी मुद्दामा ७ वर्षसम्म जेल सजाय तथा १ लाख २७ हजार अमेरिकी डलर जरिवाना हुने कानुन छ।