केराबारी/ मोरङ्गको केराबारी ५ स्थित जेनिथ इङ्गलिस मिडियम स्कुलले निर्वाचन प्रकृयामार्फत स्कुल क्याप्टेन, सहायक क्याप्टेनलगायत चुनेको छ। स्कुलले बिहिबार निर्वाचन गरेर क्याप्टेन, सहायक, क्याप्टेन चुनेको हो।

बिहिबार भएको निर्वाचनबाट बिना मगर स्कुल क्याप्टेन, किरण शर्मा स्कुल भाईस क्याप्टेन, मेरी लिम्बु रेड हाउस क्याप्टेन, दिक्षा लिम्बु रेड हाउस भाईस क्याप्टेन, प्रतिमा राई ग्रिन हाउस क्याप्टेन, बिपिन राई ग्रिन हाउस भाईस क्याप्टेन, बिधान लिम्बु ब्लु हाउस क्याप्टेन, रोहित राई ब्लु हाउस भाईस क्याप्टेन र याल्लो हाउस क्याप्टेनमा लमिस मगर अनि याल्लो हाउस भाईस क्याप्टेनमा टिना मगर निर्वाचित भएको बिद्यालयका प्रिन्सिपल सुरज कार्कीले जानकारी दिनुभयो। abcd

उत्कृष्ट पठन पाठनसँगै अतिरिक्त कृयाकलापलाई उत्तिकै प्राथमिकतामा राखेर शैक्षिक गतिबिधि सञ्चालन गर्दै आएको जेनिथ स्कुल केराबारी क्षेत्रको उत्कृष्ठ नतिजा निकाल्ने स्कुलमा पर्छ।