नेपालले लियो नवौं विकेट : वर्षाले फेरि रोकियो खेल

  • पूर्वीखबर
  • प्रकाशित मिति: बैशाख १८, २०८०

काठमाडौं । राजधानीमा जारी एसीसी प्रिमियर कपअन्तर्गत कीर्तिपुरमा जारी नेपाल र यूएईबीचको फाइनल खेलमा नेपालले नवौं विकेट हात पारेको छ । वर्षाले पुनः खेल रोकिएको छ ।

नेपाल र युएईबीच भइरहेको खेलमा सोमबार बिहान दोस्रो पटक पानी परेपछि रोकिएको हो । आज बिहान १० बजेर २५ मिनेटमा त्रिवि क्रिकेट मैदानमा पानी परेपछि केहीबेर खेल रोकिएको थियो । पानी पर्न रोकिएपछि खेल पुनः सुरु भएको थियो । ११ बजेर ४८ मा फेरि पानी परेपछि खेल रोकिएको छ ।

नेपालले टस जितेर बलिङ गरिरहेको छ । युएईले २७.३ ओभरमा ९ विकेट गुमाउँदै १०६ रन बनाएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको अनुसार सोमबार र मंगलबार नै हावाहुरीसहित वर्षा हुने सम्भावना ८० प्रतिशतभन्दा बढी हुने मौसम पूर्वानुमान छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved