क्रिस्टियानो रोनाल्डो : पोर्चुगिज व्यवसायिक फुटबलर क्रिस्टियानो रोनाल्डो संसारमा सबैभन्दा बढी फेसबुक फलोअर्स भएका सेलिबे्रटी हुन्। ३३ बर्षीय रोनाल्डो ट्विटरमा पनि सबैभन्दा बढी फलोअर्स भएका सेलिबे्रटीमा पर्छन्। उनको फेसबुकमा १२ करोड २५ लाख २२ हजार फलोअर्स छन्।

शाकिरा : कोलम्बियन गायिका शाकिराको स्वरले मात्र होइन, उनको नृत्यले पनि धेरैलाई लठ्याउँछ। उनी गाउनेमात्र होइन, शब्द पनि सिर्जना गर्छिन्। शाकिरा व्यापारी समेत हुन्। उनको फेसबुकमा १० करोड १८लाख ७३ हजार फलोअर्स छन्।

भिन हिइसेल : भिन डिइसेल अभिनेता हुन्। उनी अरुलाई उत्पे्ररणा जगाउने खालका स्टाटसहरु अपडेट गर्छन्। उनको फेसबुकमा ९ करोड ८६ लाख फलोअर्स छन्।

लियोनल मेस्सी :अर्जेन्टिनी फुटबल खेलाडी मेस्सीले स्पेनिश क्लब एफसी वार्सिलोनामा तथा अर्जेन्टिनाको राष्ट्रिय टिमका लागि खेल्छन्। मेस्सीले फेसबुकमा परिवारसँग घुमघाम गरेको र बिभिन्न खेल प्रदर्शन गरेका तस्विर पोष्ट गर्छन्। उनको फेसबुकमा ८ करोड ९८लाख ९४ हजार ४ सय ३२ जना फलोअर्स छन्।

इमिनेम : इमिनेम अमेरिकन र्‍पायर, चलचित्र निर्माता तथा अभिनेता हुन्। ४६ बर्षीय इमिनेम गीतका शब्दसमेत सिर्जना गर्छन्। उनको फेसबुकमा ८ करोड ८१ लाख फलोअर्स छन्।

रिहाना : बहुमु्खी प्रतिभाकी धनी रिहाना व्यापारी, कूटनीतिज्ञ, गायिका, अभिनेत्री तथा डान्सर हुन्। ३०बर्षको उमेरमै उनले पाएको सफलता लोभलाग्दो छ। रिहानाको फेसबुकमा सात करोड ९९लाख १९हजार फलोअर्स छन्।

जस्टिन विवर : क्यानेडियन गायक तथा गीतकार जस्टिन विवरले फेसबुकले आफूले दिएका सांगीतिक प्रस्तु्तिहरुको भिडियो, रोमाञ्टिक तथा रमाइला खालका तस्विर अपलोड गर्छन्। त्यस्तै उनी रमाइलो खालका भिडियोसमेत शेयर गर्छन्। उनको फेसबुकमा ७ करोड ७५ लाख ८७ हजार फलोअर्स छन्।

विलक स्मिथ :अमेरिकी अभिनेता विलक स्मिथ र्‍यापरसमेत हुन्। सन् २००७ मा न्यूजविक म्यागेजिनले उनलाई द मस्ट पावरफुल एक्टर इन हलिउड भनेर लेखेको थियो। उनी ५ वटा गोल्डेन ग्लोब अवार्डमा नोमिनेट भएका थिए। स्मिथले ४ वटा ग्राम्मी अवार्ड जितेका छन्। उनको फेसबुकमा ७ करोड ७३ लाख ६४ हजार फलोअर्स छन्।

माइकल ज्याक्सन : पप संगीतका राजा माइकल ज्याक्सन सन् २००९ मा मरेर गएपनि प्रशंसकहरुले उनको पेजमा फोटो अपलोड गर्न छोडेनन्। उनको फेसबुक एकाउण्टमा पुराना तस्विर तथा उनका पुराना प्रस्तुतिहरु निरन्तर अपडेट भईरहेका छन्। उनको पेजमा ७ करोड २८ लाख ८३ हजार फलोअर्स छन्।

टेलर स्विफ्ट : अमेरिकी गायिका टेलर स्विफ्ट व्यापक मिडिया कभरेज पाउने सेलिब्रेटी हुन। उनी हिजोआज सामाजिक सञ्जालमा पहिले जस्तो सकृय त छैनन्। यद्यपि उनका प्रशंसकहरुले भने उनलाई बिर्सिएका छैनन्। टेलर आफ्नो फेसबुकमा बिभिन्न ठाउँमा सांगीतिक प्रस्तुतिको भिडियो तथा तस्विरहरु पोष्ट गर्छिन्। उनको फेसबुकमा ७ करोड २४ लाख २६ हजार पलोअर्स छन्।