नेवार समुदाय भित्र पर्ने सिम्रासे राजभण्डारी बन्धु स्मृति प्रतिष्ठानको वंशावली पुस्तक विमोचन कार्यक्रम शनिबार बराहक्षेत्रमा भएको छ । कार्यक्रममा धरान, भोजपुर, बराहक्षेत्र लगायतका ठाँउहरुबाट सिम्रासे राजभण्डारीहरुको सयौंको संख्यामा उपस्तिथि रहेको थियो । बि.स. २०७४ सालमा यस प्रतिष्ठानको विधिवतरुपमा दर्ता भइ प्रतिष्ठानले विविध कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।

 342226826_627781988735244_271586378848127441_n

निक्कै लामो समय खर्चेर वंशावली तयार गरिएको प्रतिष्ठानका  अध्यक्ष कृष्ण कुमार श्रेष्ठ (अर्जुन) ले बताए ।  वर्तमान समयमा एउटै वंश र थरका आफ्ना आफन्तहरु छरिएर रहने क्रममा परिचित हुन कठिन बन्दै गएको हुँदा एउटै वंशभित्र परिचित हुन सहज होस् भन्ने उद्धेश्यले वंशावली प्रकाशन गरिएको र वंशको खोजी गर्दै विभिन्न समस्याहरु बिच पनि वंशावली तयार गर्न सफल भएको वंशावली लेखन उपसमितिले बताएको छ ।

342505267_1960887854248857_7297409803520530758_n

त्यस्तै वंशावली निर्माणका लागि योगदान गर्ने ब्यक्तिहरुलाइ कार्यक्रममा  सम्मान समेत गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि,समाजसेवी,राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो । नेवा:देय दबु ,कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष नारायण श्रेष्ठको प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष कृष्णकुमार श्रेष्ठ (अर्जुन)को सभाध्यक्षतामा वंशावली पुस्तक विमोचन कार्यक्रम बराहक्षेत्र-७ सुनसरीमा भएको थियो ।