भनिन्छ जन्म। मृत्यु सास्वत छ । विवाहपनि सृष्टिकर्ताले जुराएकै छ । जो जस्तो छ उसका लागि सृष्टिकर्ताले विवाह बन्धनका लागि पठाएको नै छ । बिहारको भागलपुरमा यस्तै एक जोडीले सबैको ध्यान तानेको छ ।

यस अनौठो विवाहमा हजारौंको संख्यामा निमन्त्रणा नगरिएका पाहुनाहरू उपस्थित थिए। यति मात्र होइन मानिसहरूले दुलहा र दुलहीसँग सेल्फी पनि खिचे र सफल दाम्पत्य जीवनको शुभकामना दिए। यो विवाह निकै विशेष थियो किनभने दुलहा ३६ इन्च र दुलही ३४ इन्चको थिए । बिहेको चर्चा सबै क्षेत्रमा छ ।

२४ वर्षीया बेहुली ममता नवगछिया अभियाबजारका किशोरी मण्डल र ​​गुजो मण्डलकी छोरी हुन् । मसारु निवासी विन्देश्वरी मण्डलका छोरा मुन्ना भारती २६ वर्षका भए । दुलहा र दुलही भागलपुर जिल्लाका बासिन्दा हुन्।

वास्तवमा यो विवाह निकै खास भयो किनकी ३६ इन्च मुन्नालाई उनको जीवनसाथी मिलेको थियो । ३४ इन्चकी ममतासँग मुन्नाको जोडी बनिरहेको थियो । विवाह स्थलमा उपस्थित सबैले यो जोडीलाई आफ्नो क्यामेरामा कैद गरिरहेका थिए ।

३६ इन्चको मुन्नाले ३४ इन्चको जीवनसाथी पाएपनि जो जस्तो छ यसका लागि फिट हुने जोडी यो संसारमा बनेको छ भन्दै जोडीको चर्चा भएको छ । बिहेको समयमा डीजेमा ‘रब ने बना दी जोडी’ गीत बजिरहेको थियो ।

त्यसमा मानिसहरु खुब नाचिरहेका थिए । यो विवाहमा हजारौं स्थानीय बासिन्दा पुगेका थिए । जैमलाको समयमा मानिसहरु मञ्चमा पुग्ने क्रम यसरी सुरु भएको थियो कि त्यो रोकिने नाम नै लिएन । यो बिहे पूरै क्षेत्रमा चर्चाको विषय बनेको छ ।