इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.ले बिभिन्न समयमा फ्रि सेमिनारहरु गर्दै आएको छ। बिगतमा पनि थुप्रै सेमिनारहरु गरिसकेको इडनले बिभिन्न देशका बिश्व बिद्यालयका प्रतिनिधिहरुको उपस्थितिमा धरानमा भब्य सेमिनार गर्दैछ।

यि सेमिनारमा अन द स्पोट एडमिसन गर्ने कार्यक्रमहरु पनि तय भएका छन्। धरानमा मात्रै नभएर बैदेशिक अध्ययनमा जान चाहाने बिद्यार्थीलाई लक्षित गरेर इठेनले पुर्वी पहाडी जिल्ला ईलाम, पाँचथर र ताप्लेजुङमा समेत फ्रि सेमिनार गरिसकेको छ। पहाडी जिल्लामा गरिएका सेमिनारको प्रभाव निकै राम्रो रहेको सञ्चालक तिगेलाको भनाई छ।

पहाडी जिल्लाहरुमा फेरी पनि यस्तो सेमिनार गर्न त्यस क्षेत्रका अभिभावक र बिद्यार्थीले माग गरिरहेका छन्। यसैको शिलशिलामा यसपटक धरान र इटहरीमा हुन लागेको सेमिनार जस्तै सेमिनारहरु आगामी दिनमा अरु ठाउमा पनि गर्ने इडनेलले सोच राखेको छ।

बिद्यार्थी र अभिभावकहरुको साथ र माया यसरी नै पाईरहे आगामी दिनमा पनि यस्ता खाले फ्रि सेमिनारहरु गरिरहने इडनको भनाई छ। इडन एकेडेमी धरानले यही पुष २१ गते शनिबार धरानमा र पुष २२ गते आईतबार इटहरीमा गर्न लागेको फ्रि सेमिनार अष्ट्रेलियामा पढ्न जान चाहाने बिद्यार्थीका लागि केन्द्रित रहेको छ। यहीक्रममा इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.धरानका अध्यक्ष मोहन तिगेलासँग फ्रि सेमिनारको बारेमा केन्द्रित रहेर गरिएको कुराकानीको अंश :

इडनले गर्न लागेको सेमिनार कस्तो सेमिनार हो ?
यो सेमिनार अष्ट्रेलियाको प्रतिष्ठित कलेज र बिश्व बिद्यालयहरुका प्रतिनिधिहरुको उपस्थिति रहने भएकोले यो अष्ट्रलिया पढन जान चाहने बिद्यार्थीको लागि सुर्वण अवसर हो। यो सेमिनार धरानमा पुष २१ गते शनिबार र इटहरीमा पुस २२गते आईतवार हुदैछ। धरान र इटहरीका बिद्यार्थीलाई अष्ट्रेलियामा पढ्न जाँदा चाहिने अत्यावश्यक जानकारी र उनीहरुले भविष्यमा प्राप्त गर्नसक्ने अवसरहरुका बारेमा भरपुर जानकारी पाउनेछन्। यसैगरी यसपटक बिद्यार्थीको सहुलियतका लागि बैकिंङ बुथ पनि राखिने छ। जहाँ बिद्यार्थीले झेल्नुपर्ने अर्थिक समस्या र त्यसलाई कसरी समाधान गर्न सकिन्छ भन्ने सम्पुर्ण जानकारी बिद्यार्थीले पाउनेछन्।

पहिलेको सेमिनार र अहिले के फरक छ ?
पहिले भन्दा फरक बिश्व विद्यालय र कलेजहरुको उपस्थिति रहनेछ। हामीले धेरै भन्दा धेरै र फरक बिषय वस्तुहरु समावेश गर्देछौ। जस्तै : नर्सिङ, होटल म्यानेजमेन्ट, इन्जिनियरिङलगायत जति पनि हाम्रो बिद्यार्थीको बिषयवस्तुको रोजाई अन्र्तगत पर्ने धेरै बिषयहरु भएका बिश्वविद्यालय र कलेजहरुको प्रतिनिधिहरुको उपस्थिति छ।

यो सेमिनारले कस्ता बिद्यार्थीहरुलाई लक्षित गरेको छ ?
यो सेमिनारले प्लस टु पढिसकेका बिद्यार्थी, व्याचलर्स पढ्न र व्याचलर्स पढिसकेकालाई मासटर्स पढ्न र मासर्टस पढिसकेकालाई रिसर्च अर्थात बिद्यावारिधि गर्नेहरुलाई लक्षित गरेको छ। समग्रमा हामीसँग प्लस टु देखि पिएचडी सम्म पढ्ने बिषयबस्तु भएका कलेज र बिश्व बिद्यालयहरुको सहभागिता हुनेछ। यसकारण धेरै भन्दा धेरै बिद्यार्थीहरु लाभान्वित हुनेछन ।

स्पोट एडमिसनको व्यवस्था छ की छैन ? यसपालिको सेमिनारमा ?
केही बिश्वबिद्यालय र कलेजहरुले बिद्यार्थीको कागजात हेरेर स्पोट एडमिसनका लागि स्पोट अफर लेटर दिने व्यवस्था छ।

यस्तो फ्रि सेमिनर अरुतिर गर्ने योजना छ की छैन ?
पहिलो पटक धरान र इटहरीमा गर्न लागिएको हो भने अब चाँडै बिराटनगर र बिर्तामोडमा पनि गर्ने योजना रहेको छ। eden seminar small

फ्रि सेमिनार हुने मिति,स्थान र समय :
इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.धरानको कार्यालय, तमु कम्पेल्क्समा शनिबार बिहान १० देखि ४ बजेसम्म र इटहरीमा इन्टरनेशनल इडन एकेडेमी कन्सल्टेन्सी प्रा.ली.को कार्यालय आईतबारे रोडमा बिहान १० देखि ४ बजेसम्म