अष्ट्रेलिया/ अष्ट्रेलियामा २०२३ को दोस्रो संस्करणको फ्रेन्डसिप क्रिकेट कप सञ्चालन हुने भएको छ। अप्रिल ९देखि शुरु हुने प्रतियोगितामा रोयल डाँफे क्रिकेट क्लब, युवा, माभेन स्वान्स क्रिकेट क्लब र एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ।

गत वर्ष २०२२ मा समेत यही ४ टिमबीच रोचक प्रतिस्पर्धा भएको थियो। यसलाई प्रत्येक वर्ष सञ्चालन गर्ने निर्णय अनुसार फ्रेन्डसिप क्रिकेट कप गर्न लागिएको बताइएको छ । प्रतियोगिता कोकर पार्क क्यानिङटनमा हुनेछ। प्रतियोगिता टुनामेन्ट लिग चरणमा खेलाइने बताइएको जहाँ सबै टिमहरूले एक एक खेलमा एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन्।

तालिका अनुसार शीर्ष दुई टोलीहरू फाइनलमा पुग्नेछन्। वर्षाको कारण खेल प्रभावित नभएको खण्डमा फाइनल खेल ३० अप्रिलमा हुनेछ।

२०२२ को संस्करणमा रोयल डाँफे क्रिकेट क्लबले एभरेष्ट ग्लाडिएटर्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको थियो। रञ्जित श्रेष्ठको उत्कृष्ट अर्धशतकको मद्दतमा डाँफेले १८ औँ ओभरमा १३२ रनको लक्ष्य पछ्याउन सफल भएको थियो। त्यस्तै, डाँफेका ओमकार मैनाली र नीरज केसीले क्रमशः उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानसहित प्लेयर अफ दि टुर्नामेन्टको अवार्ड जित्नुभएको थियो।

प्रतियोगिताको पहिलो संस्करणको उपविजेता एभरेस्ट ग्लाडिएटर्स क्रिकेट क्लबले दोस्रो संस्करणको प्रतियोगिताको सञ्चालन गर्न लागेको हो। aaa

आयोजक एभरेष्ट ग्लाडिएटर्स क्रिकेट क्लबका अध्यक्ष शेखर घिमिरेका अनुसार विदेशमा रहेर पनि नेपाली नेपाली बीचको सम्बन्धलाई थप प्रगाढ बनाउन फ्रेन्डसिप क्रिकेट कप सञ्चालन गर्न लागिएको बताउनुभयो । सबै टिमहरू उत्साहित हुनुहुन्छ अब हेरौँ जित कसको पोल्टामा पर्नेछ।

यो संस्करणको प्रतियोगितालाई टाइटल प्रायोजक एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिसेसले गरेको छ । जो होस्ट क्लबको वार्षिक टाइटल प्रायोजक पनि रहेको छ।

प्रायोजक एभरेष्ट ग्लोबल एजुकेसन भिसा सर्भिसेजका अध्यक्ष याम केसीले खेलकुदका माध्यमबाट अष्ट्रेलियामा रहेका नेपाली समुदायको एकजुट हुने मौका प्रदान गरेको बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी टिमहरूलाई शुभकामना समेत दिनुभयो।

अध्यक्ष केसीले एभरेस्ट ग्लोबल एजुकेसन भिसाको २०१६ मा स्थापना भएको जानकारी दिँदै यसको उद्देश्य विदेशमा अध्ययन गर्न जाने बिद्यार्थीलाई उत्कृष्ट शिक्षा, भिसा र माइग्रेसन सेवाहरू प्रदान गर्ने भएको बताउनुभयो । यसको नेपालमा भने काठमाडौँ, पोखरा र बेनीमा शाखा कार्यालयहरू छन्।

सन् २०२०देखि अष्ट्रेलियामा यसले सेवा सञ्चालन गर्न थालेको केसीको भनाई छ। अष्ट्रेलियामा भने यसको शाखा कार्यालय १०२ जेम्स स्ट्रिट, नर्थब्रिज, ६००३ मा अवस्थित छ।

यस प्रतियोगिताको गोल्ड प्रायोजक र फुड पार्टनर वेस्टर्न अष्ट्रेलियाको पहिलो नेपाली बार द भट्टीले गर्ने भएको छ। ५५० ब्युफोर्ट सेन्ट, माउन्ट लाली, डब्ल्यूए, ६०५० मा अवस्थित, डी भट्टीले केही महिना अघि मात्र स्थापना भएयता नेपालीहरू माझ निकै लोकप्रिय बनेको छ ।

प्रतियोगितालाई डिर्सन ड्राइभिङ स्कुल, साशा इन्टरटेनमेन्ट र मोमो प्लानेटले पनि सहयोग गरेको छ । फ्रेन्डसिप क्रिकेट कप आयोजना गर्नको लागि सम्पूर्ण तयारी भइसकेको समेत आयोजकले जानकारी दिएको छ ।