काठमाडौं । पाटन क्याम्पसमा आज (शनिबार) स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदैछ । चैत ५ गते रोकिएको निर्वाचन आज हुन लागेको हो । ५ गते ४५ वटा आंगिक क्याम्पस र करिब ३०० सम्बन्धन प्राप्त क्याम्पसहरूमा निर्वाचन भएको थियो ।

१७ वटा आंगिक क्याम्पसहरूमा निर्वाचन हुन सकेको थिएन । बाँकी क्याम्पसहरुमा चैत ३० गते स्ववियु निर्वाचन हुने तालिका छ । २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकोमा २०३६ देखि प्रत्येक दुई-दुई वर्षमा निर्वाचन हुँदै आएको थियो। त्रिविमा एक दशकदेखि निर्वाचन हुन सकेको थिएन ।