प्रश्न : ग्यास सिलिन्डर किन विस्फोट हुन्छ ?
उत्तर : भान्सामा प्रयोग हुने एलपीजी ग्यास सिलिन्डर यी दुई कारणले विस्फोट हुन सक्छ ।

पहिलो म्याद समाप्ति

प्रत्येक एलपीजी सिलिन्डरमा म्याद समाप्त हुने मिति लेखिएको हुन्छ । म्याद सकिएपछि जाँच नगरी सिलिन्डर प्रयोग गरेमा विस्फोट हुने जोखिम धेरै हुन्छ । सिलिन्डरमा ग्यास कम हुँदा र लिक हुन थालेपछि चुलोको आगो पाइप हुँदै सिलिन्डरसम्म पुग्ने खत्तरा हुन्छ । यसले गर्दा सिलिन्डर विस्फोट हुन्छ ।

ग्यास सिलिन्डर किन विस्फोट हुन्छ ?

प्रश्न : ग्यास चुहावट पुष्टि भएपछि हामीले के गर्नुपर्छ ?

उत्तर : यदि ग्यास लिक भएको छ भने यी उपाय अपनाउनुहोस् । रेगुलेटर र बर्नर (चुलो) सबै कुराहरू बन्द गर्नुहोस्, नआत्तिनुहोस् । भेन्टिलेसनको लागि सबै झ्याल र ढोका खोल्नुहोस् ।

सबै ज्वलनशील पदार्थहरू, मैनबत्ती, बत्ती, अगरबत्ती, आदि बन्द गर्नुहोस्। सिलिन्डरमा सुरक्षा टोपी राख्नुहोस् । मद्दतको लागि आपतकालीन सेवालाई कल गर्नुहोस्। ग्यास चुहिएको ठाउँमा विद्युतीय उपकरण र स्विच प्रयोग नगर्नुहोस्। घरको मुख्य बिजुली आपूर्ति बन्द गर्नुहोस्।

ग्यास चुहावट पुष्टि भएपछि हामीले के गर्नुपर्छ ?
प्रश्न : सिलिन्डरमा आगो लागेमा के गर्ने ?

उत्तर : ग्यास लिक भएर सिलिन्डरमा आगो लाग्यो भने आत्तिनु पर्दैन । आत्तिए स्थिति खतरनाक बन्छ । सम्झनुहोस्, सिलिन्डरमा आगो लागेपछि पनि, हामीसँग उद्धार गर्न लगभग १० देखि १५ मिनेट हुन्छन । कम्बल भिजाउनुहोस् र तुरुन्तै सिलिन्डरमा बेर्नुहोस् । यसले आगो निभ्छ ।

प्रश्न : विक्रेताबाट सिलिन्डर लिँदा के सावधानी अपनाउनु पर्छ ?

उत्तर : विक्रेताबाट सिलिन्डर लिँदा निम्न कुराहरूलाई ध्यानमा राख्नुहोस् । एक प्रामाणिक फ्रान्चाइजीबाट मात्र सिलिन्डरहरू किन्नुहोस् । डेलिभरीको समयमा सिलिन्डरमा कम्पनीको छाप र सुरक्षा क्याप जाँच गर्नुहोस् ।

सिलिन्डर लिँदा के सावधानी अपनाउनु पर्छ ?

सिल फुटेको भए सिलिन्डर लिनु हुँदैन् । सिलिन्डरमा परीक्षणको अन्तिम मिति लेखिएको हुन्छ, जाँच गरेपछि मात्र लिनुहोस् । नयाँ सिलिन्डर प्रयोग गर्नु अघि त्यसको जोड र पाइप परीक्षण गर्नुहोस् ।