इटहरी/  कोसी प्रदेशमा लामो समयदेखि बिभिन अस्पतालमा आबद्ध रहि स्त्री तथा महिला रोगको उपचार गर्दै आउनुभएकी डा.सबिना लामिछानेको सेवा अव इटहरीमा उपलब्ध हुने भएको छ। डा.लामिछानेको सेवा अव बेदान्त हस्पिटल इटहरी ४ मा पाईने भएको हो।

दक्ष, अनुभवी, एवं तलिम प्राप्त बरिष्ठ महिला रोग बिशेषज्ञ डा. लामिछानेको सेवा अव बेदान्त हस्पिटलमा शुरु गरिएको भन्दै हस्पिटलका प्रबन्धक निर्देशक ईन्द्र श्रेष्ठले महिलाको पाठेघर सम्बन्धि कुनै समस्या भए अव धरान वा बिराटनगर जानु नपर्ने बताउनुभयो।

बेदान्त हस्पिटलमा गर्भवती महिलाको जाँच गर्नुको साथै धेरै युवती तथा महिलामा देखिने समस्या सेतो गन्हाउने पानी बग्ने, पिसाब गर्दा पोल्ने, असजिलो हुने, दुख्ने, बारम्बार पिसाब लाग्ने, यौन सम्पर्क गर्दा योनीभित्र दुख्ने, अनि तल्लो पेट दुख्ने, हल्का ज्वरो आउने, ढाड दुख्ने, गुप्तांग वा वरिपरि घाउखटिरा आउने, रातो हुने, सुन्निने, गुप्तांगमा मुसा वा मासु पलाउने, तिघ्रा वा काछमा गन्थ्रिहरू सुन्निने समस्या भए समाधानका लागि दैनिक रुपमा सेवा उपलब्ध रहेको प्रवन्ध निर्देशक श्रेष्ठले बताउनुभयो।

उहाँले बेदान्त हस्पिटलमा २४ सै घन्टा डाक्टरहरुद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्सरे, 4D मेसिनद्वारा भिडियो एक्सरे सेवा, फार्मेसी सेवा, ल्याब सेवा, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ बाट C-Arm machineको प्रबिधिबाट भाँचिएको हड्डिलाई सिधा गरि के वार वा प्लेटिङ्ग गरि अपरेसन गरिने बताउनुभयो।

प्रवन्ध निर्देशक श्रेष्ठले बेदान्तमा सर्जरी सम्बन्धी सम्पुर्ण अप्रेसन २४ सै घण्टा उपलब्ध गराउँदै आएको भन्दै प्रत्येक दिन बिभिन्न रोगको बिभिन्न बिशेषज्ञ डाक्टरहरुबाट सेवा प्राप्त गर्न सकिने बताउनुभयो।

उहाँले स्वास्थ्य सम्बन्धि केहि समस्या भए बेदान्त हस्पिटल प्रा.लि.इटहरीको मोवाईल नम्बर नम्बर ९८११३३७१३२ र फोन नम्बर ०२५-५८७५८४ मा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ।