सुनसरी/ तत्कालिन राजा ज्ञानेन्द्र शाह आज इटहरी आउनुहुने भएको छ। हरेक साता झैँ इटहरीमा हुने महाशिव गंगा आरतीमा सहभागी हुन तत्कालिन राजा इटहरी आउन लाग्नु भएको हो।

तत्कालिन राजा शाहले नेपालीको समुल उन्नति प्रगतिको निम्ति पञ्च आरती गर्ने कार्यक्रम रहेको महा शिबगंगा आरती समितिले जनाएको छ। सुनसरी र मोरङ्ग जिल्ला जोड्ने बृद्दगंगा (बुढिखोला) तटमा रहेको गंगा जमुना मुक्तिघाटमा हरेक सोमबार सञ्चालन हुने महाशिव गंगा आरतीमा सहभागी हुन तत्कालिन राजा आउन लाग्नुभएको राप्रपाका बरिष्ठ नेता समेत रहनुभएका पूर्वमन्त्री रामकुमार सुब्बाले बताउनुभयो।

समितिले सञ्चालन गर्न लागेको धार्मिक कार्यमा आज (सोमबार) साँझ ५बजे ज्ञानेन्द्र शाह, भोलेनाथको दर्शनका साथै आरतीमा आउन लाग्नुभएको भन्दै उपस्थिति लागि भक्तजनहरु समक्ष महाशिव गंगा आरती आयोजक समितिका सुरज कँडेलले अनुरोधसमेत गर्नुभएको छ।