काठमाडाैं । नेपाल प्रहरीको प्रमुखमा वसन्तबहादुर कुँवर नियुक्त भएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) कुँवरलाई शुक्रबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको हो ।

आईजीपी बढुवामा कुँवरसहित एआईजी टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिष्पर्धामा थिए । तर, सरकारले वरियता क्रममा १ नम्बरमा रहेका कुँवरलाई महानिरीक्षकमा बढुवा गरेको हो ।