इटहरी । विराटनगरका उद्योगी राजेन्द्र राउत नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको अध्यक्षमा निर्वाचित भएका छन् । बिहीबार झापाको विर्तामोडमा भएको महासंघको साधारणसभाबाट राउत  निर्विरोध निर्वाचित भएका हुन् ।

महासंघको उपाध्यक्षमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघबाट भीम पौडेल र एशोसिएट्सबाट कुमारमणी पोखरेल पनि निर्विरोध निर्वाचित भएका छन् । पौडेलले यसअघि अध्यक्षको दाबेदार थिए । उनी उपाध्यक्ष बस्न तयार भएपछि सर्वसम्मत   नेतृत्व छनोट भएको हो । महासंघको कोषाध्यक्षमा सुवास आचार्य चयन भएका छन् । 

कार्यसमिति सदस्यहरुमा जिल्ला तथा नगर उद्योग वाणिज्य महासंघका तर्फबाट ध्रुवलाल श्रेष्ठ, वीरेन्द्रकुमार शाह, प्रितम खड्गी, प्रकाश सिवाकोटी, ऋषिराज तिम्सिना, वस्तुगतबाट राजन श्रेष्ठ र दिपक पाण्डे सदस्यमा निर्विरोध निर्वाचित भएका छन् । 

एशोसिएट्सबाट रविनकुमार दाहाल, भविसकुमार श्रेष्ठ र श्रवणकुमार अग्रवाल निर्विरोध निर्वाचित भएको  मुख्य निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिए । राउत दुई  कार्यकाल प्रदेश उद्योग वाणिज्य संघको उपाध्यक्ष थिए ।