इटहरी/ सुनसरीको इटहरी ९ बसपार्कमा रहेको चिजन प्यालेस स्कुलले आईतबार (आज) शैक्षिक प्रदर्शनी गरेको छ। स्कुलमा अध्ययनरत बिद्यार्थीले पढाई एवं सिकाईका क्रममा निर्माण गरेका बिषयगत सामाग्रीहरु प्रदर्शनीमा राखिएको हो। IMG_8839

प्रदशर्नीमा बिद्यार्थीले स्कुलमा अध्ययन गरेका बिषयगत सामाग्रीहरु राखिएको छ। पढाई एवं सिकाईका क्रममा निर्माण गरिएका सामग्रीको प्रदर्शनीमा बिद्यार्थीका अभिभावक र अर्को स्कुल कञ्चनजंगा इङ्गिस स्कुलका बिद्यार्थीले हेरेका थिए। IMG_8833

प्रदशर्नीमा बिज्ञान गणित एवं सामाजिक बिषयका बिधागत सामग्रीहरु राखिएको थियो। बिद्यार्थीले स्कुलमा के पढे ? कसरी पढे ? पढ्दा कसरी सिके ? र सिकेका कुरा ब्यवहारमा कसरी उतारिरहेका छन् भन्ने बिषय प्रदर्शनीमा राखिएको थियो। IMG_8838

बिद्यार्थीले स्कुलमा के सिकिरहेको छ भन्ने देखाउने उद्देश्यले कार्यक्रम गरिएको स्कुलकी प्रिन्सिपल ग्रेस आचार्यले बताउनुभयो। उहाँले अवको बच्चा जागिर खाने हैन जागिर दिने बनोस भन्ने चाहना स्कुलको रहेको बताउनुभयो।

दिल्लि पब्लिक स्कुलको सहकार्यमा सञ्चालित चिजन प्यालेस स्कुलमा आज राखिएको शैक्षिक प्रदशर्नीको उद्देश्य बिद्यार्थीले के कसरी सिकिरहेको छ भन्ने देखाउनु रहेको स्कुल प्रशासनको भनाई छ। IMG_8835

मार्कशिट हेरेर यति नम्बर ल्याएछ भन्ने हैन मेरो बच्चा यस्ता कुरामा यत्ति जान्ने भएछ भन्ने देखाउनलाई पनि शैक्षिक प्रदर्शनी राखिएको प्रिन्सिपल आचार्यको भनाई छ।

शैक्षिक प्रदर्शनी हेर्न आएका अभिभावकलाई स्कुलमा सशुल्क खाजाको ब्यवस्था गरेको र सो खाजाको पैसामा स्कुलले थपेर सामाजिक कार्यमा लगाउने भन्दै स्कुलका निर्देशक हरि आचार्यले बिद्यार्थीलाई कितावी ज्ञान सँगै सामाजिक सेवा पनि सिकाउन स्कुल लागिरहेको बताउनुभयो। IMG_8837

प्रदर्शनीका क्रममा स्कुलले बिद्यार्थीले नै डिजाईन गरेका खेलहरु खेल्ने ब्यवस्था मिलाएको थियो। बिद्यार्थीलाई ग्याजेटबाट बचाउन खेल नै डिजाईन गर्न सक्ने स्कुलले बनाएको छ।

प्रदशर्नीमा पुराना कुराहरु देखाउन जाँतो, ओखल, ठेकी, मदानी, ओदानलगायतका सामाग्री पनि राखिएको थियो।