संखुवासभा/ राष्ट्रिय युवा संघ नेपाल चैनपुर नगर कमिटीको दोस्रो अधिबेशनबाट अध्यक्षमा अर्जुन तामाङ्ग सर्वसम्मत चयन हुनुभएको छ। शनिवार चैनपुरमा सम्पन्न अधिबेशनमा तामाङ्ग सर्वसम्मत चुनिनुभएको हो।

अधिबेशनले उपाध्यक्षमा बिराज लिम्बूलाई जिम्मेवारी तोकेको छ। यस्तै सचिवको जिम्मेवारी जीवन कुमार राईलाई सहसचिवको जिम्मेवारी निकास तामाङ र पुष्प जिमिलाई प्रदान गरिएको छ।

अधिबेशनले कोषाध्यक्षमा मुना महतलाई जिम्मेवारी दिएको राष्ट्रिय यूवा संघ चैनपुरले जनाएको छ। अधिबेशनले अन्न ३३जनालाई नगर सदस्यको जिम्मेवारी प्रदान गर्दै ३९सदस्यीयको नगर कमिटी निर्विरोध चयन गरेको हो।

-किरण लिम्बू