झापामा न्यायकाे अधिकार सम्बन्धी न्यायधिशसंग अन्तरकृिया

  • पूर्वीखबर
  • प्रकाशित मिति: चैत्र ४, २०७९

झापा । न्यायिक क्षेत्र सम्बन्धी अधिकारहरुको विषयमा छलफल गर्ने उद्देश्यले झापाको अर्जुनधारा नगरपालिकामा न्यायाधीशसँग अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

नगरपालिकाकी उपप्रमुख एवम् न्यायिक समितिकी संयोजक खड्गमाया पराजुलीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि झापा जिल्ला अदालतका न्यायाधीश चन्द्रमणि ज्ञवालीले उद्घाटन गरेका थिए ।

जनप्रतिनिधि, कर्मचारी र मेलमिलापकर्ताहरुलाई लक्षित गरि सञ्चालन गरिएको कार्यक्रममा प्रमुख अतिथि ज्ञवाली र अदालतका शाखा अधिकृत नवराज पोखरेलले सहजिकरण गरेका थिए ।

कार्यक्रममा ५० जनाको सहभागिता रहेको समितिकी कर्मचारी मायाकुमारी ऐरले जानकारी दिइन् । नगर योजना शाखा प्रमुख हिमराज सेंढाईले सवागत गरेको उक्त कार्यक्रमको सञ्चालन कर्मचारी ऐरले गरेकी थिइन् ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved