वीर अस्पतालका पाँच नर्सलाई सेवाबाट हटाइयो

  • पूर्वीखबर
  • प्रकाशित मिति: फाल्गुन ३०, २०७९

काठमाडौं । वीर अस्पतालले पाँच जना नर्सलाई सेवाबाट हटाएको छ । लामो समयदेखि अस्पतालको सम्पर्कमा नआएका पाँच जना स्टाफ नर्सलाई सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।

अस्पतालले आज (मंगलबार) सार्वजनिक सूचना जारी गर्दै २०७६ असोज १ देखि बिदा स्वीकृत नगराई अस्पतालमा अनुपस्थित भएकी सम्झना श्रेष्ठ, २०७६ फागुन ३० देखि अनुपस्थित भएकी स्टाफ नर्स सुशिला ढकाल, २०७४ चैत १ देखि अनुपस्थित भएकी जमुना सिटौला, २०७५ असार २२ देखि अनुपस्थित भएकी शान्ति लम्साल र २०७५ पुस १३ देखि अनुपस्थित भएकी ओमदेवी पुनलाई सेवाबाट हटाएको हो ।

उनीहरुलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान नियमावली २०६५ को नियम १३३ बमोजिम सेवाबाट हटाइएको अस्पतालद्वारा जारी सूचनामा उल्लेख छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved