झापामा भन्सार छलेर ल्याएका सामान बरामद

  • पूर्वीखबर
  • प्रकाशित मिति: फाल्गुन २९, २०७९

झापा । झापाको बिभिन्न स्थानबाट भन्सार छलेर नेपाल भित्र्याउदै गरको अवैध सामान प्रहरीले बरामद गरेको छ । सिमावर्ती क्षेत्रमा परिचालित इलाका प्रहरी कार्यालय खजुरगाछी, इलाका प्रहरी कार्यालय केचना र अस्थायी प्रहरी पोष्ट इटाभट्टाबाट खटिएको प्रहरी गस्ती टोलीले चेक जाँचको क्रममा भन्सार छलेर चोरी पैठारी गरी नेपाल भित्र्याउदै गरेको अवस्थामा बिभिन्न प्रकारको खाधान्नका सामग्रीहरुका साथै १२५ जोर फुटबल बुट समेत गरी करिव दुई लाख २६ हजार रुपैया बराबरको सामान बरामद गरेको हो ।

प्रहरीले सामान ओसार पसार गर्न प्रयोग गरेको मे ५ प ६४३२ र बीआर ३७ जी २७७३ नम्वरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो । प्रहरीले बरामद गरेको सामान तथा मोटरसाईकल समेत आवश्यक कारवाहीको लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved