अन्तर डोजाङ फुटबल प्रतियोगिताको उपाधी नोबेल एजुकेशन फाउण्डेसन जाँतेलाई

  • न्युजडेस्क
  • प्रकाशित मिति: फाल्गुन २७, २०७९

इटहरी/ सुनसरीको इटहरीमा भएको अन्तर डोजाङ नकआउट फुटबल प्रतियोगिताको उपाधी नोबेल एजुकेशन फाउण्डेसन इङ्लिस स्कुल लेटाङ्ग जाँतेले जितेको छ। नोबेलले चन्द्र मेमोरियल स्कुल इटहरीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो।

इटहरीस्थित नेपाल डिभिएम ग्लोवल एकेडेमीको खेल मैदानमा भएको प्रतियोगितामा जाँतेस्थित नोबेल स्कुलले चन्द्र मेमोरियल स्कुल इटहरीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो।

प्रतियोगितामा उत्कृष्ट गोलकिपर नोबेलका यिन्छुवा चेम्जोङ्ग भएका छन्। यस्तै नोबेलकै समिन राई बेष्ट प्लेयर घोषित भए भने बेष्ट डिफेन्डर चन्द्र मेमोरियल स्कुलका सुशन मगर घोषित भए।

प्रतियोगिताको हाईस्कोर पनि नोबेलका शुसिल लिम्बु घोषित भए। उनले प्रतियोगिता अवधिभर १० गोल गरेका थिए।

बुढिगंगा तेक्वान्दो डोजाङ्गले होलि पर्वको उपलक्ष्यमा सञ्चालन गरेको प्रतियोगितामा कोसी प्रदेशका १२वटा डोजाङ्गहरुले सहभागिता जनाएका थिए।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved