नेपाल बालविकास शिक्षकको पाँचौ केन्द्रिय महाधिवेशनबाट केन्द्रीय समितिमा सुनसरीको बराहक्षेत्रबाट अम्बिका सुवेदी वरिष्ठ सह-अध्यक्षमा र  मनिषा श्रेष्ठ सह-कोषाध्यक्षमा सर्वसम्मत चयन भएका छन् । सुवेदी बराहक्षेत्र-५ को राम जानकी आधारभूत विद्यालयमा र श्रेष्ठ बराहक्षेत्र-९ को सरस्वती मा.बि. राजावासमा कार्यरत बाल बिकास शिक्षक हुन् ।

334936861_1707344796367536_8363982001427530283_n

सोमबार काठमाडौँमा आयोजित महाधिवेशनबाट अध्यक्षमा भने बाँकेकी कृष्ण कुमारी थापा चयन भएकी छिन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले आफू शिक्षामन्त्री हुँदा दुई हजार तलब बढाएको र अन्य मागहरूका विषयमा समेत आवाज उठाउने बताए ।

334883752_884408276198379_5426685587686459365_n